२ करोड़ ४९ लाख रुपियाँ लागत खर्चमा खरसाङ बजारमा पथ पसलेहरूका लागि बहुतल्ले भवन निर्माणको लागि शिलान्यास सम्पन्न

IMG-20240905-WA0196

खरसाङ: खरसाङको हाट बजार क्षेत्रमा पथ पसलेहरूका लागि बहुतल्ले भवन निर्माणको लागि आज खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधानको बाहुलीबाट शिलान्यास कार्य सम्पन्न गरिएको छ। खरसाङ बजारमा उच्छेद भएका पथ पसलेहरूका लागि निर्माण हुन लागेका उक्त बहुतल्ले भवनको लागत खर्च २ करोड़ ४९ लाख रुपियाँ रहेको छ। यो चारतल्ले भवन ४ हजार ६ सय ३२ स्केयर फिटमा निर्माण गरिने भएको छ। उक्त भवन निर्माणको लागि आज हाट बजार क्षेत्रमा मकैबारी गुम्बाका प्रमुख बौद्ध धर्म गुरु लोगेन्ला खेम्बोको अगुवाईमा बौध्द धर्म अनुसार पूजा अर्चना गरेर शिलान्यास गरिएको छ। यस अवसरमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङको बाहुलीबाट पूजा अर्चनासहित निर्माण कार्यको थालनी साथै भाइस चेयरम्यान सुवास प्रधानको बाहुलीबाट नरिवल खुटाएर सम्पन्न गरिएको छ। यस अवसरमा सभासद श्याम शेर्पा, खरसाङ ईञ्जिनियरिङ विभागका सहायक अभियन्ता दिपेन प्रधान, खरसाङ नगरपालिकाको पदाधिकारीहरू, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधिहरू, हकर्स युनियन खरसाङको प्रतिनिधिहरू उपस्थित रहेका थिए। यस बहुतल्ले भवनको निर्माणपछि खरसाङ बजारमा उच्छेद भएका पथ पसलेहरूलाई राखिने भएको जानकारी प्राप्त भएको छ। यसको साथै दशैं अघि नै खरसाङ बजारको पथ पसलेहरूलाई बजारमा अस्थायी रूपमा दोकानहरू थाप्नलाई ठाउँ पनि प्रदान गरिने भएको छ। केही समय अघि खरसाङ नगरपालिकाद्वारा सरकारको निर्देशनमा खरसाङ बजार क्षेत्रमा रहेका पथ पसलेहरूलाई हटाइएको थियो। त्यसपछि पथ पसलेहरूले जीटीए चिफ् अनित थापालाई भेटेर समस्या समाधान टके लागि मांग गरेका थिए। जीटीए प्रमुख अनित थापाले पनि खरसाङ बजार क्षेत्रका पथ पसलेहरूका समस्या समाधानको लागि २ करोड़ ४९ लाख रूपियाँ रहेको लागत खर्चमा चारतल्ले भवन निर्माणको लागि पहल गरेका थिए। उनले खरसाङ बजार क्षेत्रमा विभागीय अधिकारीहरू र खरसाङ नगरपालिकाको साथमा निरीक्षण पनि गरेका थिए। त्यसै अनुरुप आज खरसाङ बजारमा रहेका पथ पसलेहरूका लागि चारतल्ले भवनको निर्माण कार्यको विधिवत शिलान्यास कार्य सम्पन्न गरिएको छ। यस चारतल्ले भवनको निर्माण कार्यको विधिवत शिलान्यास कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले सरकारको निर्देशनमा नगरपालिकाले बजारको अवैध रूपमा रहेका दोकानहरू भत्काउने कार्य गरिएको थियो अनि अहिले ती उच्छेद भएका दोकानेहरूलाई राख्नक लागि खरसाङको हाट बजारमा चार चल्ले मार्केट भवन निर्माणको लागि आज शिलान्यास गरिएको बताएका छन्। उनले यस भवन निर्माणको लागि जीटीए प्रमुख अनित थापाको निर्देशनमा यो काम भईरहेको छ र यसमा मुख्य कार्यपाल अनित थापाको मुख्य हात रहेको बताउँदै उच्छेद भएका दोकानेहरूलाई यहाँ राखिने छ भनी बताएका छन्। नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङले भने, आशा गरौं सबै मिलेर राम्रो कार्य गर्दै जानुपर्छ। यस कार्यप्रति कसैले पनि नकरात्मक नसोचिदिने तर सबै मिलेर कार्य गर्नुपर्छ भनी बताएका छन्। यसरी नै पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले आगामी ९ सेप्टेम्बरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसको अवसरमा जीटीए प्रमुख अनित थापाको तर्फबाट खरसाङवासी र पसलेहरूलाई सो भवन उपहार हो भनी बताएका छन्। उनले यो भवनको लागत खर्च २ करोड़ ४९ लाख रहेको र यो भवन ४६३२ स्क्वायर फिटमा रहने बताएका छन्। उनले यो भवन चारतल्ले रहने र यसको निर्माण कार्य चाड़ै नै गरिने र यस भवनको निर्माण कार्य पूरा भएपछि खरसाङका पथ पसलेहरूलाई राखिने भएको जानकारी गराएका छन्। भाइस चेयरम्यान सुवास प्रधानले कसैलाई पक्षपात नगरी यहाँ राखिने तर मानेको पारना पानी जस्तो यता उता जानु नहुने बताउँदै यता उता हुनेलाई भविष्यमा सोचिने बताए। भाइस चेयरम्यान सुवास प्रधानले खरसाङ बजारका पथ पसलेहरूका लागि दशैं अघि नै खरसाङ बजारमा अस्थायी रूपमा ठाउँ दिइने पनि जानकारी गराएका छन्। उनले अब कसैले पनि खरसाङ बजार क्षेत्रमा रहेको जनता हिँड्ने बाटोतिर दोकान थाप्न नपाउने पनि बताएका छन्।

यस चारतल्ले भवनको शिलान्यास कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हकर्स युनियन खरसाङको प्रतिनिधि राजेन छेत्रीले पथ पसलेहरूका लागि बहुतल्ले भवन निर्माणको लागि शिलान्यास गरिएकोमा जीटीए चिफ् अनित थापालाई धन्यवाद दिएका छन्। उनले सबै पथ पसलेहरूका तर्फबाट धन्यवाद दिन्दै दशैं अघि आफुहरूलाई बजारको कुनै ठाउँमा अस्थायी रूपमा दोकानहरू सञ्चालन गर्नलाई दिने भन्ने कुरामा आशावादी रहेको बताएका छन्।

About Author

Advertisement