खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर दुई टेकबीर बस्तीको प्रगति संघले गाउँभित्र रहेको सडक छेउको प्यारापेडमा वाईट सिमेन्ट लगाउने साथै झोडा नालीको सर सफाई कार्यक्रम सम्पन्न गरियो। सडक किनाराको प्यारा पेडमा बर्खाको पानीको कारण लेउ लागेर धेरै फोहोर भएको थियो। यसको कारण प्यारा पेड नदेखिने, गाडी यातायसतमा असुविधा भएकोले गर्दा पनि प्यारापेड नदेखेर दुर्घटना हुने सम्भावना बढेको थियो। यसको साथै वातावरण नै कुरूप देखिन्थे। गाउँको सुन्दरीकरण साथै दुर्घटनादेखि रोकथाम गर्न समाजको प्रतिनिधिहरूले पैसा रूपियाँ सहयोग गर्दै यी महत्त्वपूर्ण अनि सामाजिक कार्य समाजको सदस्यहरूको सहयोगमा सफलतापूर्वक सम्पन्न गरियो। सभापति सुजय गुरुङ, उपसभापति जन बस्को राई, मूल सचिव बिरबल पाखरीन,सह सचिव समिर गुरुङ, कोषाध्यक्ष रमोद गुरुङ,सह कोषाध्यक्ष भिमु तामाङ,सामान प्रभारी सन्जित गुरूङ,प्रमुख सल्लाहकार रामु राउत, कार्यकारिणी सदस्यहरू बिपेन्द्र राई,भारती राई,मिना लेप्चा सदस्यहरू प्रितम लामा, केल्भिन तामाङ,आशिष प्रधान, सामेल मग्राती,अमिर भुषाल,ईराज लामा र राजपाल राई यस महत कार्यमा उपस्थित थिए। आउँदो बड़ा दशैं साथै तिहार को शुभकामना सन्देश को फ्लेक्स पनि टाँस्ने कार्य पनि गरियो। आफ्नो गाउँ लाई स्वच्छ सुन्दर र रमणिय राख्ने यस कार्यको मुख्य उद्देश्य रहेको जानकारी समाजको मूल सचिव बिरबल पाखरीनले दिएका छन्।





