खरसाङको चिमनी देवराली ग्राम पञ्चायत क्षेत्रमा आशिर्वादको दिया कार्यक्रम सम्पन्न

9057cbbf-83bc-4a1c-b65d-7af48ecb9dd9

खरसाङ (१८ सेप्टेम्बर): खरसाङ खण्ड अन्तर्गत चिमनी देवराली ग्राम पञ्चायतमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा सेवा संकल्प अभियान अन्तर्गत आशिर्वादको दिया कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको शुभकामना व्यक्त गर्दै चिमनी देवराली ग्राम पञ्चायतमा दियो बालिएको जानकारी प्राप्त भएको छ। यसको साथै चिमनी देवराली ग्राम पञ्चायत अन्तर्गत पर्ने सम्पूर्ण सरकारी कार्यालयहरु जस्तै ग्राम पञ्चायत भवन, आँगनवाडी केन्द्र, स्वास्थ्य केन्द्र, स्कूल, राशन दोकान आदितिर दिया बालेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना व्यक्त गरिएको जानकारी प्राप्त भएको छ।

यस अवसरमा चिमनी देवराली ग्राम पञ्चायतको उप प्रधान दिपेश थापा, पञ्चायत सदस्याहरू, ग्राम पञ्चायतकी ईए अरुणा छेत्री, पञ्चायतका कर्मचारीहरु र जनसाधारणको उपस्थिति रहेको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement