खरसाङको ‎खहरेमा मतदाता सूचीबाट नाम काटिनेहरूसित भाजपा टोलीको सभा‎‎

IMG-20260723-WA0074

खरसाङ: ‎खरसाङको खहरे बस्तीमा आज एसआइआरपछि नाम काटिएका मानिसहरुसित खरसाङ भाजपा टोलीले भेट गरेका छन्। बुथ नम्बर १८३ बाट अन्तिम सूचीमा जम्मा १०९ जनाको नाम काटिएको हुनाले यस सभालाई गाउँलेहरुको पहलमा आयोजना गरिएको थियो। सभामा भाजपा जिल्ला उपाध्यक्ष आरबी लामा, कानुनी सल्लाहकार रमेश अग्रवाल, युवा संयोजक सुमन प्रधान, अध्ययन केन्द्रका डा. कमल भुजेल, मिडिया प्रभारी दीपा गोले अनि आयोजकमा बुथ अध्यक्ष प्रबिन छेत्री, माइनोरिटी अध्यक्ष प्रीतम लिम्बु, सत्यम छेत्रीको साथमा अन्यहरु उपस्थित रहेका थिए। ‎यस बुथबाट जम्मा १०९ जनाको नाम‌ काटिएपछि सबैले अपिल गरेका छन्। केही मानिसले फार्म ६ भरेर पनि केही नभएको बताएका छन्।

सभामा जति पनि गुनासोहरू सुन्नमा आएका थिए, सबैलाई माथिल्लो स्तरमा लगेर समाधन गर्ने पहल गर्न टोली अग्रसर रहेका छन्। यसको साथै कतिजनाको मामिला न्यायधीशको अधीन रहेकाले केही दिन पर्खिदिने आग्रह गरेका छन्। साथै जतिजनाको पनि दस्तावेजहरू अपुरो रहेको वा भूल सुधार गर्नु पर्ने रहेमा टोलीले सहायता प्रदान गर्ने बताएका छन्।‎

About Author

Advertisement