खरसाङ: खरसाङको नयाँ बजारस्थित पेमा साङाग छोई खोर्लिङ गुम्पा” का धर्म गुरु डुब्ला डेन्डुपको अगुवाईमा गत १५ जुलाईदेखि गुरु ठुङकार छेछु छामको शुक्रबार २४ जुलाईको दिन बिहान ९ देखि दिउँसो १ बजीसम्म पद्मसम्भवको अष्ट गुरुङहरू छामको दर्शन गराइने भएको छ। यसको साथै अन्त्यमा दिउँसो २ देखि छिमेकी देश नेपालबाट आएका खेन्पो मुन्सेल दोर्जी रिम्पोर्छेको बाहुलीबाट अभिषेक तथा वाङ वितरण हुने भएको छ। यस दिन बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र दिन दशमी परेको जानकारी दिँदै सम्पूर्ण बौद्ध भक्तजनलाई यस धार्मिक अनुष्ठान उपस्थित भइदिने आयोजक समितिको पक्षबाट निवेदन गरिएको छ। उक्त पूजा खरसाङको नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा आयोजना भईरहेको छ। खरसाङको नयाँ बजारस्थित पेमा साङाग छोई खोरलिङ गुम्पामा गत १५ देखि २४ जुलाईसम्म गुरु रिम्पोर्छेको दशमी तिथिलाई लिएर बौध्द धर्म अनुसार बज्र गुरु जप चलिरहेको छ।

यस अन्तर्गत १५ देखि २२ जुलाईसम्म बज्र गुरु जप अनि २३ र २४ जुलाईमा खरसाङको नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा गुरु रिम्पोर्छे सम्बन्धि छाम आयोजना भईरहेको छ। उक्त छाम पूजामा विभिन्न स्थानहरुबाट बौध्द धर्मावलम्बीहरु उपस्थित रहने भएको र यस अवसरमा सबैलाई उपस्थित भईदिने अनुरोध पेमा साङाग छोई खोरलिङ गुम्पाको प्रमुख बौध्द धर्म गुरु डुब्ला ढेन्डुपले गरेका छन्।









