खरसाङ: खरसाङकी अजन्ता राईले कोलकोतामा भएको केक प्रतियोगिता “बेक इन्डिया बेक” मा स्वर्ण पदक जित्न सफल भएकी छन्। खरसाङका एक मात्र केक कलाकार- दोकान डाँड़ा, डाउहिल रोडका अजन्ता राईले नेपाली/गोर्खा थिमको वेडिंग केकसहित हल्दिराम बैंक्वेट्स-कोलकातामा आयोजित केक प्रतियोगिता “बेक इन्डिया बेक” मा भाग लिएका थिए। उनले भारतभरिका ६० भन्दा बेसी कलाकारहरूमाझ स्वर्ण पदक जित्न सफल भइन्। केकमा हाम्रा विभिन्न सांस्कृतिक पहिरन र सामानहरू, सितुमा, तमाको गारी, साईपात्री र ढाका कपडा र हाम्रो हेरिटेज द टोय ट्रेनको पेन्टिङ देखाइएको छ। ती सबै खाने योग्य केक रहेका थिए।

उनी केक कर्नर भनिने खरसाङमा एउटा सानो होमबेकरी चलाउँछिन् र कस्टमाइज केक र प्यासट्रीमा डिल गर्छिन्।










