नारीहरु समाजमा सम्मानित हुनुपर्छ जसद्वारा नै समाजमा साँचो क्रान्तिको सुरुवात हुनेछ: आरबी राई
दार्जिलिङ: क्रामाकपा केन्द्रलयमा ११६औ अन्तर्राष्ट्रिय नारी दिवस कम० नीलम राई अनि कम. छेसाङ तामाङको अध्यक्षताद्वयमा सम्पन्न गरियो। यस ऐतिहासिक एवं महत्त्वपूर्ण कार्यक्रममा क्रामाकपा अधीनस्थ गणतान्त्रिक क्रान्तिकारी नारी मोर्चाको नेतृत्वमा पार्टी स्थापना कालदेखि नै मनाउँदै आइरहेको छ। जसमार्फत विश्व मानव समाजमा हुँदै आइरहेको नारी उत्पीडनबारे प्रकाश पार्दै आइरहेका छन् साथै यस विरुद्ध नारी शक्ति शसक्त बन्नुपर्छ भन्ने आह्वान् पनि गर्दै आइरहेको छ। कम० बानिरा गोतामेले सञ्चालन गरेको यस कार्यक्रमलाई गक्रानामो केन्द्रीय सचिवा सन्जिला घिसिङ अनि केन्द्रीय अध्यक्ष बिन्द्या गोतामीले आ आफ्नो सम्भाषण मार्फत क्रान्तिकारी सदस्यागणलाई यस विशेष क्षणमाथि सम्पूर्ण जानकारी गराइन्। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा क्रामाकपा शीर्षस्थ कमिटीका अध्यक्ष कम० आरबी राई उपस्थित रहेका थिए भने क्रामाकपा केन्द्रीय कमिटी सदस्यगणको पनि उपस्थिति रहेका थियो। प्रमुख अतिथिको रुपमा अध्यक्ष आरबी राईले आफ्नो सम्भाषणमार्फत नारी जगतको विगतकालीन अवस्था अनि वर्तमान अवस्थाबारे प्रष्ट पारे। उनले आफ्नो सम्बोधनमा भने, ‘धर्म शास्त्रले नारीहरुलाई कज्याएको थिए अझै छन् पनि नारीलाई ढोलको संज्ञाले सम्बोधन गर्थे। पशु सरह व्यवहार गर्ने चलन थिए। तर आज देशको प्रथम नागरिक अथवा राष्ट्रपति मुर्मु आदिवासी समुदायबाट बन्न पाउनु राज्यको मुख्यमन्त्री ममता ब्यानर्जी प्रमुख ओहोदामा विराजमान हुन पाउनु अति गौरवमय छन् मान्नुपर्छ।’

उनले यसको साथै अन्य विविध क्षेत्रमा नारीहरुले गरिरहेका कृतिमान कार्यहरूको प्रशंसा गरेका थिए साथै गक्रानामोलाई सुझाव दिँदै भने, यस्ता नारीहरुलाई समाजमा सम्मानित हुनुपर्छ जसद्वारा नै समाजमा साँचो क्रान्तिको सुरुवात हुनेछ। तर नारीहरू अझै पनि पूर्णरूपमा जागृत भइसकेको छैन किनकि हालै देशको प्रथम नागरिक राष्ट्रपति पश्चिम बङ्गालको भ्रमणमा आउँदा राज्यको मुख्यमन्त्री ममता बेनर्जीले शिष्टाचार भेटघाटसम्म नगर्नुले यस विषयलाई पुष्टि गरेका छन्। कार्यक्रमको महत्वपूर्ण अर्को विषय के रहेको थियो भने विगत ९ र १० फरवरी २०२६ को दिन कमरेड अर्जुन थापाको संयोजकत्वमा जन्तर मन्तर दिल्लीमा धर्ना कार्यक्रममा सहभागी हुने क्रान्तिकारी सदस्य सदस्याहरुलाई शीर्षस्थ कमिटी अध्यक्ष आरबी राईको बाहुलीबाट अभिनन्दन पत्र अर्पण गरियो।

भारतीय गोर्खा जातिको आत्मा निर्णयको अधिकार भारतको संविधान सम्मत अलग राज्य गोर्खाल्याण्डको प्रश्नमा क्रामाकपा दीर्घ दिन सङ्घर्षरत छ चरणबद्ध रुपमा भएका आन्दोलनहरूले गोर्खा समस्याको समाधान निस्कन सकेको छैन। तरै पनि निरन्तर सम्झौताहीन संघर्षमा क्रामाकपा प्रतिबद्ध र इमान्दार छ। यसै आन्दोलनलाई अघि बढाउँदै गत ९ र १० फरवरी २०२६ को दिन दिल्लीको ऐतिहासिक स्थान जन्तरमन्तरमा गोर्खालीन केन्द्र सरकारले चाडोभन्दा चाँडो गठन गर्नुपर्छ भन्ने मागमा आयोजित कार्यक्रममा क्रान्तिकारी सदस्य सदस्यगणको योगदान सुवर्ण अक्षरमा लेखिनेछ।

गोर्खाल्याण्डको सशक्त पक्षधर अनि क्रामाकपाको जुझारु कार्यकर्ताप्रति पार्टी र रक्तिम अभिवादन टक्राउदै यस कार्यक्रममा कान्तिकारीहरुको उल्लेखनीय भूमिकाको निम्ति अभिनन्दन पत्रद्वारा सम्मानित गरियो।









