वार्ड नम्बर १६ र १ मा भागोप्रमोकाे बुथ कमिटी गठन साथै समर्थन कार्यक्रम सम्पन्न

IMG-20260308-WA0077

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर १ अनि १६ मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकाे बुथ कमिटी, अमृत २.० काे निरीक्षण कमिटीसंगै वार्ड नम्बर १६ मा समर्थन सभा सम्पन्न भएको छ। खरसाङ नगरपालिकाको वार्ड नम्बर १६ काे सुबिदार बस्तीमा सुदर्शन छेत्रीकोे अध्यक्षतामा सम्पन्न भएकोे सभालाई देवाशिष जोशीले सञ्चालन गरेका थिए। सभामा खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिनले सभाकाे विषय लिएर उपस्थित वार्डवासीलाई जानकारी दिएका थिए। सभामा यसै वार्डबाट जम्मा १७ परिवारहरु भारतीय गोर्खा प्रजातान्त्रीएिक मोर्चामा सामेल भ‌एका छन्। सामेल हुने १७ परिवारहरुलाई खदासंगै पार्टीकोे झण्डा दिएर उपस्थित पार्टीको नेतृत्वहरूले स्वागत जनाए। वक्तव्य राख्ने क्रममा महकुमा नारी शक्ति अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, खरसाङ महकुमा समिति अध्यक्ष सुभाष प्रधान, केन्द्रिय समिति सदस्य तथा खरसाङ महकुमा चुनाव प्रभारी समीर दीप ब्लोनले वक्तव्य राखेका थिए। सभामा समर्थन गरेका शीतल रसाइलीले आफ्नो विचार राख्दै समर्थन गर्नुकोे मुख्य कारण प्रजातन्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको निःस्वार्थ सेवा अनि जातिप्रतिकोे माया रहेको बताइन्। यसको साथै अमृत २.० निरिक्षणकाे निम्ति १६ जना सदस्यहरू लिएर कमिटी बनाइयो तथा विधानसभा चुनावकोे निम्ति डिंकु गुरुङ अध्यक्ष अनि कोषाध्यक्ष महेश मंग्रातीसंगै २२ सदस्यहरू लिएर बुथ कमिटी गठन गरियो। दोस्रो चरणमा वार्ड नम्बर एकको भिक्टोरिया ग्राम सुधार समिति भवनमा ब्रुगेन गुरूङको अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा भागोप्रमोका नेतृत्वगण क्रमैले टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीन, नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, खरसाङ महकुमा समिति युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरूङ, सभासद श्याम शेर्पा, टाउन कमिटी अध्यक्ष राजु शर्मा अनि केन्द्रिय समिति सदस्य तथा खरसाङ महकुमा क्षेत्रका चुनाव प्रभारी समिर दिप ब्लोनले वक्तव्य राखेका थिए। सभाको सभाध्यक्षद्वारा प्रथममा वार्ड नम्बर एकको प्रत्येक भेगबाट छनौट गरी २१ सदस्य लिएर अमृत २.० कोे निरीक्षण कमिटी गठन गरिएको छ।

यसको साथै आगामी विधानसभा चुनावकाे निम्ति संयोजक विकास तामाङसँगै ३५ जना सदस्यहरू लिएर बुथ कमिटी गठन गरियो सभामा उपाध्यक्ष संजय मुखिया, सांगठनिक सचिव मैत्र सेन शर्मा सह सचिवद्वय रामोद गुरुङ्ग र बिकास तामङ कोषाध्यक्ष राजेन प्रधान ,पासङ योल्मो टाउन कमिटी नारी शक्ति उपाध्यक्ष नीतू गुरूंग, सह सचिवद्वय अंजू कार्की र डोमा शेर्पा, कार्यकारिणी सदस्य तारा दर्नाल उपस्थित थिए।

About Author

Advertisement