खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको धारावाहिक कार्यक्रम अनुसार नरबुङ र सिपाहीधुरामा बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ। यस क्रममा तीनधारे महानदी समष्टिको बुथ नम्बर २४५ नरबुङ चियाबारीमा बुथ सभापति प्रणय देवानको अध्यक्षतामा र ट्रेड युनियन समष्टिको संयोजक राजेस थापाको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले सम्बोधन गरेका थिए।सभामा बुथ नम्बर २४५ नरबुङ चियाबारीमा बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ। यस कमिटीमा मुख्य संयोजक रमेश प्रधान, सातवटा गाउँबाट सातजना सह संयोजकहरु र कोषाध्यक्षमा अवतार राई लगायत ४५ जनाको बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ। त्यसरी नै बुथ नम्बर २४६ सिपाहीधुरामा पनि सभा सम्पन्न भएको छ। उक्त सभा शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधानको अध्यक्षता र मिलन प्रधानको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई क्षेत्रीय सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा, समष्टिको सांगठनिक सचिव सीबी राई, युवा शक्ति समष्टि सभापति केवल राई आदिले वक्तव्य राखेका थिए। सभामा बुथ नम्बर २४६ सिपाहीधुरामा बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ। यस कमिटीमा मुख्य संयोजक उपदेश राई, छजना सह संयोजकहरु र कोषाध्यक्षमा सबीर प्रधान लगायत ४५ जनाको कमिटी गठन गरिएको छ। यस दुवै सभा र बुथ स्तरीय चुनाव कमिटी गठन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले विस्तृत रुपमा जानकारी गराएका छन्।











