भद्रपुर: कोशी प्रदेशको राजधानी विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राका लागि कोशी प्रदेश सरकारले प्रदेश भरि सार्वजनिक विदा दिएको छ।
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा मंगलबार दिउँसो ३ बजे निकालिनेछ। विराटनगरको रथयात्राका लागि प्रदेश सरकारले १४ वटै जिल्लामा बिदा दिएको हो।
विराटनगरको रथयात्रामा हजारौंको सहभागिता हुन्छ। विराटनगर महानगरपालिका१ स्थीति राधाकृष्ण मन्दिरबाट विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्रा सुरु भएको थियो,l २९७६ सालबाट रथयात्रा निकाल्न थालिएको थियो।
विराटनगरको रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा रहेको दाबी गरिन्छ। पहिलो भने भारतको जगन्नाथपुरीको रथलाई मानिन्छ। मिंगलबार दिउँसो साढे ३ बजे मन्दिरबाट निकालिने रथ तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै ९ किलोमिटर यात्रा गर्दै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ।
संघीय सरकारले दिएका सार्वजनिक बिदाबाहेक प्रदेशलाई ६ वटा थप बिदा दिने सुविधा छ। २०२४ मा सरकारले पाँच वटा बिदा दिएको थियो। २०२३ मार्च २१मा तत्कालिन केदार कार्की नेतृत्वको सरकारले ¹७ अप्रैलको सिरुवा पर्वमा झापा मोरङ सुनसरी र उदयपुर जिल्ला, २६ अगस्तको राधाकृष्ण रथयात्राका लागि प्रदेशभर, ८ अगस्तको ऋषि पञ्चमीमा प्रदेशभरि महिला कर्मचारीलाई मात्रै, ८ अक्टूबरमा छठ पर्वका लागि प्रदेशभर र १० अक्टूबरको फाल्गुनन्द जयन्तीमा प्रदेशभर बिदा दिने निर्णय गरेको थियो।









