मोरंगकी ६९ बर्षिया थापाको राष्ट्रिय परिचयपत्रमा ‘क’ छुटेपछि

IMG-20240827-WA0080

भद्रपुर: मोरङ बेलबारीकी ६९ वर्षीया रामकुमारी थापा राष्ट्रिय परिचयपत्र सच्याउन जहाज चढेर शनिबार काठमाण्डौं गइन्। सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयले उनलाई अहिले हैरान पारेको हो।
सर्वोच्च अदालतले रविबार यसलाई अनिवार्य नगर्न सरकारको नाममा आदेश दिइसकेको छ, यद्यपी उनको श्रीमानको नागरिकतामा तिलक भनेर नाम उल्लेख भएपनि राष्ट्रिय परिचयपत्रमा तिल मात्रै उल्लेख भएपछि सामाजिक सुरक्षा भत्ता नविकरणमा समस्या परेको हो।
थापाले यति सानो समस्या जिल्ला प्रशासन कार्यालय मोरङबाट सच्याउन सकिनन्। जिल्ला प्रशासन कार्यालयले यहाँबाट सच्याउन सकिदैन भन्ने जवाफ दिएपछि काठमांडू गएर सच्याउनु पर्ने बाध्यता सहनु परेको गुनासो गरिन्। तीनचार पटक जिल्ला प्रशासन कार्यालय मोरङ गएँ तर त्यति कुरा सच्याउने संयन्त्र नभएको भन्दै काठमांडू जानु भने’ थापाले भनिन्–यतिका लागि जहाज चढेर जानुपर्ने, अनि उताको प्रशासनिक झन्झट सहनुपर्ने बाध्यतामा परे। उनले सरकारले गरेका निर्णयले नागरिकलाई सास्ती बढाएको भन्दै बृद्धावस्थामा यस्तो दुःख नदिन समेत आग्रह गरेकी छिन्।
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नगर्न सरकारको जुन १७ को निर्णय समेत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कार्यन्वयनमा ल्याउन सकेन। नविकरणका लागि सफ्टवेयरमा फारम भर्नुपर्ने हुन्छ। फारम भर्दा राष्ट्रिय परिचयपत्रको कोलममा नम्बर प्रविष्ट नगर्दासम्म स्वीकार हुँदैन। त्यहि भएर नागरिकले दुःख पाईरहेका बेला थापालाई राष्ट्रिय परिचयपत्रमा ‘क’ समावेश गराउनु पर्ने बाध्यता परेको हो।

About Author

Advertisement