कोलकातामा भाजपा का नव निर्वाचित विधायकहरूको सम्मान समारोहमा उपस्थित रहनेछन् केन्द्रीय गृहमन्त्री अमित शाह: डा. शङ्कर घोष‎‎

FB_IMG_1778166131609

सिलगढी: भोलि कोलकाताको विश्व बङ्गला सम्मेलन केन्द्रमा भारतीय जनता पार्टी(भाजपा)का नव निर्वाचित विधायकहरूको सम्मान समारोह आयोजना हुने भएको छ। ‎यस ऐतिहासिक कार्यक्रममा देशका केन्द्रीय गृहमन्त्री अमित शाह उपस्थित रहनेछन्। यस सन्दर्भमा सिलगढीका भारतीय जनता पार्टी विधायक डा. शङ्कर घोषले कोलकाता भोलि एउटा ऐतिहासिक क्षणको साक्षी बन्न लागेको बताएका छन्।‎ बङ्गालका जनताको आशीर्वादबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गर्न आयोजना गरिएको यो कार्यक्रमले राज्यको विकास तथा सुशासनको सङ्घर्षलाई अझ सशक्त बनाउनेछ।‎ उनले थप भने कि देशका प्रतिष्ठित केन्द्रीय गृहमन्त्री तथा आधुनिक भारतका चाणक्य अमित शाहको उपस्थितिले पार्टी कार्यकर्ता तथा समर्थकहरूलाई नयाँ प्रेरणा प्रदान गर्नेछ। डा. शङ्कर घोषले बङ्गालको पवित्र भूमिमा अमित शाहलाई हार्दिक स्वागत तथा शुभकामना व्यक्त गरेका छन्।

About Author

Advertisement