कोलकातामा दशौँ ‘कठिन चीवर दान समारोह–२०२६’ सम्पन्न, राज्यमन्त्री विशाल लामा सहभागी

a4189a3b-4861-4c5b-bcdf-17fcb92a6576

​कोलकाता: कोलकाताको अलिपुरस्थित अशोक बुद्ध विहार – डा. बी.आर. अम्बेडकर ध्यान केन्द्रको आयोजनामा दशौँ ‘कठिन चीवर दान समारोह–२०२६’ भव्य रूपमा सम्पन्न भएको छ।
​उक्त आध्यात्मिक तथा धार्मिक समारोहमा पश्चिम बङ्गाल सरकारका गृह तथा पर्वतीय मामिला, अल्पसङ्ख्यक मामिला एवं मदरसा शिक्षा राज्यमन्त्री तथा कालचिनीका विधायक विशाल लामालगायत बौद्ध धर्मका अनुयायी तथा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा भगवान् गौतम बुद्धका कालजयी उपदेशहरू- शान्ति, करुणा, मैत्री र मानवताको स्मरण गरिएको थियो।
​समारोहमा सहभागी हुँदै राज्यमन्त्री लामाले भगवान् बुद्धका शान्ति, अहिंसा, समानता र करुणाका महान् शिक्षाहरूले मानवजातिलाई अझ सुन्दर र सद्भावपूर्ण विश्वतर्फ डोऱ्याइरहनुपर्ने कामना व्यक्त गरे। कार्यक्रमको समापनमा ‘नमो बुद्धाय’ र ‘साधु साधु साधु’ को कामनासहित विश्व शान्ति र मानव कल्याणको प्रार्थना गरिएको थियो।

About Author

Advertisement