सोरेङ जिल्ला भाजपाको मासिक कार्यकारिणी बैठक सम्पन्न

9296d0c4-da3c-4868-a02e-483e4b4e45db

सङ्गठन सुदृढीकरण र बुथ व्यवस्थापनमा जोड

​सोरेङ: भारतीय जनता पार्टी (भाजपा) सोरेङ जिल्ला समितिको मासिक कार्यकारिणी बैठक आइतबार जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको छ। भाजपा सिक्किमका राज्य सल्लाहकार श्री पूर्ण सिंह सुब्बाको मार्गदर्शनमा उक्त बैठक सम्पन्न भएको हो।
​बैठकमा सोरेङ जिल्लाका प्रभारी एवं राज्य उपाध्यक्ष तथा राष्ट्रिय कार्यकारिणी सदस्य श्री याप छिरिङ भुटिया र सह-प्रभारी तथा राज्य कार्यकारिणी सदस्य श्री लातेन छिरिङ शेर्पाको विशेष उपस्थिति रहेको थियो। जिल्ला अध्यक्ष श्री सञ्जीत सुब्बा र महामन्त्री श्रीमती अनु भुजेलसहित अन्य पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको समेत बैठकमा सहभागिता रहेको थियो।
​सङ्गठनलाई थप चलायमान र सुदृढ बनाउने मुख्य एजेन्डामा केन्द्रित रही सम्पन्न बैठकमा बुथस्तरीय व्यवस्थापन, बुथ सूची तयार पार्ने कार्य, जिल्ला तथा मण्डल मोर्चा समितिहरूको गठन, पार्टी कार्यालयको मर्मत-सम्भार एवं सम्झौतासम्बन्धी औपचारिकता तथा कार्यकर्ताहरूका लागि ‘सरल एप’ सम्बन्धी तालिम सञ्चालन गर्ने विषयमा गहन छलफल गरिएको छ।
​बैठकको अन्त्यमा जिल्ला नेतृत्वले सम्पूर्ण नेतागण तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता र प्रतिबद्धताको कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ।

About Author

Advertisement