कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड

IMG_d078549e-0d7a-48ac-bb6c-ae50290d9c3a

१९ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका

कोलकाता: कोलकाताको प्रसिद्ध चोरबागान सार्वजनिक दुर्गा पूजा पण्डालमा भागदौड हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। पण्डालको झण्डै ९० वर्षको इतिहासमा यस्तो दुखद घटना पहिलो पटक भएको बताइएको छ।
राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले घटनाको पुष्टि गर्दै भने, “पहिले १७ जनाको मृत्यु भएको थियो, पछि थप दुई जनाको मृत्यु भयो। यस दुर्घटनामा २४ जना घाइते खतरामुक्त छन् भने एक जनाको अवस्था केही गम्भीर छ। हामीले हाम्रा सबै कार्यक्रम रद्द गरेका छौं। गृह मन्त्री अमित शाहको कार्यक्रम पनि रद्द गरिएको छ।”
मीडियाका अनुसार मुख्यमन्त्री अधिकारीले मृतकका परिवारलाई जनही २५ लाख रुपैयाँ क्षतिपूर्ति र परिवारका एक सदस्यलाई सरकारी जागिर दिने घोषणा गरेका छन्। साथै घाइते सबैको उपचार खर्च सरकारले बेहोर्ने र जनही पाँच लाख क्षतिपूर्ति दिने बताइएको छ।
प्रत्यक्षदर्शीका अनुसार भीड अत्यधिक भएपछि पण्डालको साँघुरो प्रवेशद्वारमा धकेलाधकेल हुँदा भागदौड मच्चिएको थियो।
यस घटनामा अधिकांश महिला र बालबालिकाको ज्यान गएको छ। मुख्यमन्त्रीले घटनाको छानबिन कोलकाता उच्च अदालतका न्यायाधीशबाट गराइने जानकारी दिएका छन्।

About Author

Advertisement