लण्डन: अष्ट्रेलियाई टेनिस स्टार निक किर्गियोसले उनलाई कोकीन टेस्टमा पोजिटिभ पाइएको अनि खेलबाट अस्थायी रूपले निलम्बित गरिएको बुधवार खुलासा गरेका छन्। किर्गियोस २०२२ विम्बल्डनको एकल फाइनलमा नोवाक जोकोविचविरुद्ध पराजित भएर उपविजेता रहेका थिए। चोटले गर्दा लामो समयदेखि खेलदेखि बाहिर रहने ३१ वर्षीय किर्गियोस अहिले विश्व ऱ्याङकिंगमा ९१९औं स्थानमा रहेका छन्। किर्गियोसले सोशल मीडियाको माध्यमले यस जानकारीलाई साझा गरेका छन्। उनले जूनमा आयोजित एउटा तल्लो स्तरको टुर्नामेण्टको कुरा उल्लेख गर्दै लेखेका छन्, हालै मालोर्कामा मेरो ड्रग परीक्षण पोजिटिभ आयो। मलाई कोकीन सेवनको निम्ति पोजिटिभ पाइयो। मैले ठूलो गल्ती गरे अनि यसको पूरा जिम्मेवारी लिन्छु। अनिवार्य अस्थायी निलम्बन ४ अगस्तदेखि लागू गरिएको छ अनि किर्गियोसले अहिलेसम्म यस निलम्बनविरुद्ध अपील गरेका छैनन्। उल्लेखनीय छ, प्रतियोगिताहरूको अवधि कोकीनलाई प्रतिबन्धित डोपिंग पदार्थ मानिन्छ तर प्रतियोगिता बाहिर चाहिँ यसको प्रयोगको मामिलाहरूमा कम्ती शास्तीको प्रावधान रहेको छ। किर्गियोसले बताएअनुसार, गत दुई साल चोटसँग लगातार जुझेपछि आफ्नो करियरको अन्तिम चरणमा पुगेको वास्तविकता स्वीकार्नु उनको निम्ति मुश्किल भइरहेको छ। उनले भने, धेरैपल्ट मैले आफूलाई एक्लो र असहाय अनुभव गरे तर यसमा कुनै पनि कुराले मेरो कर्मलाई सही ठहऱ्याउँदैन। गत महिना किर्गियोसलाई विम्बल्डनमा युगल वर्गमा खेल्न वाइल्ड कार्ड प्रवेश दिइएको थियो। उनले अलेक्जेण्डर बुब्लिकसँग जोड़ी बनाएका थिए तर पहिलो राउण्डमै हारेका थिए। अब कोकीन सेवनमा पोजिटिभ पाइएपछि अन्तर्राष्ट्रिय टेनिसं इण्टिग्रिटी एजेन्सीले कार्वाही गर्नेछ। एजेन्सीले बताएअनुसार, किर्गियोसको नमूना २२ जूनमा लिइएको थियो अनि १७ जुलाईमा उनलाई पोजिटिभ पाइएको पुष्टि भएको थियो।










