पाकिस्तानलाई पराजित गरी सेमिफाइनलको आशा जीवित राख्यो भारतले

IMG-20260819-WA0438

एम्स्टलवीन (नीदरल्याण्ड): एफआईएच हकी विश्व कपको महासंग्राममा भारतीय पुरुष हकी टोलीले चीरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध रोमाञ्चक जीतको साथ सेमिफाइनलमा सम्भावनाहरूलाई कायम राख्यो। बुधवार वेगनर हकी स्टेडियनमा खेलिएको पूल डी-को महत्त्वपूर्ण म्याचमा भारतले पाकिस्तानलाई ५-३-ले पराजित गऱ्यो। वेल्सविरुद्ध ३-१-ले जीतको साथ अभियान शुरु गरे पनि ईंग्ल्याण्डविरुद्ध हारले भारतको निम्ति समीकरण जटिल बनेको थियो। खिताब जित्ने सम्भावनाहरूलाई कायम राख्न भारत समक्ष पाकिस्तानविरुद्ध म्याच जित्नै पर्ने चुनौती थियो, जसलाई टोलीले आज सफलतापूर्वक पार गर्यो। यस जीतको साथ भारत तीनवटा म्याचमा ६ अंकको साथ पूल डी-मा ईंग्ल्याण्डपछि दोस्रो स्थानमा रहन पुग्यो। म्याचमा भारतको तर्फबाट हरमनप्रीत सिंह र अभिषेकले २-२ गोल गरे। यसरी अन्य एउटा गोल हार्दिक सिंहको नाममा रह्यो। यस जीतको साथ भारतले विश्व कपको दोस्रो चरणमा प्रवेश गऱ्यो। यसको विपरीत पाकिस्तानको ट्रफी जित्ने अभियान चाहिँ हारको साथ समाप्त भयो। भारतविरुद्ध म्याचमा पाकिस्तानको तर्फबाट हन्नान शाहिदीले २ र सुफियान खानले एक गोल गरे।

About Author

Advertisement