गान्तोक: राज्यका कृषि एवम वागवाणी विभागका मन्त्री लोकनाथले देन्ताममा सञ्चालित सिक्किम दुग्ध उत्पादक प्राइभेट लिमिटेडको भ्रमण गरे। उनले भ्रमण साथै भेट गर्नको उद्देश्यबारे विस्तृतरूपमा जानकारी गराए। दुग्ध उत्पादकहरूले पाउनु पर्ने सहुलियत लगायत विषयबारे अवगत गराए। मन्त्रीले सरोकारवालाहरूको पहल आवश्यक रहेको बताउँदै कारखानाको पुनरुत्थानका लागि सम्बन्धित सबै कार्यालयका काम अन्तिम चरणमा पुगेको जानकारी दिए।
कारखानाका कर्मचारीहरूको विषयमा बोल्दै मन्त्री शर्माले सिक्किम मिल्क युनियन लिमिटेडमा आगामी फरवरी महिनाको १ देखि नियुक्तिहरू शुरू गरी उनीहरूको जीविकोपार्जनमा दिगोपन सुनिश्चित गर्ने जानकारी दिए। उनले कमोडिटी उत्पादकहरूलाई लाभान्वित गर्नका लागि राज्य र केन्द्र सरकारद्वारा सञ्चालित विभिन्न योजनाहरूमा पनि छलफल गरे र किसान क्रेडिट कार्ड, सिक्किम स्किल्ड युथ स्टार्टअप योजना, नेशनल बैंक अफ एग्रिकल्चर एन्ड रुरल डेभलपमेन्ट अन्तर्गत क्रेडिट योजना मार्फत विकास जस्ता केही योजनाहरूमाथि पनि प्रकाश पारे।










