मन्त्री लोकनाथ शर्माद्वारा सिक्किम डेयरी प्रोडक्ट्स प्रा.लि. को निरीक्षण भ्रमण

गेजिङः कृषि, बागवानी तथा पशुपालन एवं पशुचिकित्सा सेवा विभाग मन्त्री लोकनाथ शर्माले शुक्रवार बिहान देन्तामस्थित सिक्किम डेयरी प्रोडक्ट्स प्रा.लि. को निरीक्षण भ्रमण गरे। यस अवधि मन्त्री शर्माको अध्यक्षतामा सम्बन्धित अधिकारीहरू र कारखानाका कर्मचारीहरूको उपस्थितमा एक बैठक आयोजन गरियो ।

बैठकमा मन्त्री शर्माले बैठक आयोजन गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै मुख्यमन्त्री प्रेमसिंह तामाङ सुविधा पुनर्जीवित गर्न इच्छुक रहेको अवगत गराए । उनले कारखानालाई पुनर्जीवित गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको छ भन्दै सबै सम्बन्धितहरूबाट संयुक्त प्रयासको आवश्यकतामाथि बल दिए।

कारखानाका कर्मचारीहरूको विषयमा बोल्दै मन्त्री शर्माले आगामी 1 फरवरीदेखि कर्मचारीहरूको सिक्किम मिल्क युनियनमा नियुक्ति शुरू गरिने बताए । उनले आफ्नो सम्बोधनमा केन्द्र अनि राज्य सरकारका विभिन्न योजनाहरू र कार्यक्रमहरूमाथि प्रकाश पारे। उनले केन्द्र अनि राज्य सरकारका योजनाहरू कार्यान्वयन गर्न पञ्चायत र जिल्ला पञ्चायतहरूको भूमिका महत्वपूर्ण रहेको बताए।

उनले कारखानाको निरीक्षण गर्दै कारखाना अस्थायी रूपमा सञ्चालन गर्नका लागि अनुमान तयार गर्न निर्देश दिए । यस अतिरिक्त, उनले कारखाना पुनर्जीवित गर्ने कार्यलाई द्रुत गतिमा अगाडि बढाउन सुझाउ दिए।

About Author

Advertisement