भालेढुङ्गामा शुरु भयो विश्वशान्ति पूजा

गान्तोक: याङगाङ स्थित भालेढुङ्गामा प्रसिद्ध सप्तकन्या कालिका देवी मन्दिर समितिले आजदेखि तीन दिवसीय विश्वशान्ति पूजा आयोजन गरेको छ। विशेष गरी याङगाङको पाथिङमा गएको भयावह पहिरोको रोकथाम गर्ने उदेश्यले शुरु गरिएको पूजाको पहिलो दिनको अवसरमा सम्माननीय मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेतले आफ्नो सहभागिता जनाए। पूजामा माता अमृता सहित बौद्ध तथा हिन्दु सनातन धर्म गुरुहरू, पार्टीका दक्षिण सिक्किम सामाजिक सञ्जाल प्रभारी मिलन बस्नेत,पञ्चायत देवी माया गुरुङ, मन्दिर समितिका अध्यक्ष एनबी गुरुङ,टीआर बस्नेत लगायत श्रद्धालु भक्तजनले पनि अंशग्रहण गरेका थिए। उक्त पूजा आयोजनाको लागि वन विभागको पनि विशेष सहायता रहेको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement