कालेबुङ जिल्लाका तीन पञ्चायत समितिका सभापति अनि उप-सभापतिको नामको घोषणा

IMG-20230805-WA0256.jpg

जनताले मत दिएर निर्वाचित भएकोले जनताको निम्ति आफ्नो घरको ढोका सदैव खुल्ला राख्नुहोस्: अनित थापा

कालेबुङ: दुई दिन अघि विजेताहरुलाई भेट्ने क्रममा खरसाङमा आयोजित एक कार्यक्रममा अनित थापाले विजेताहरुलाई भनेका थिए, “पार्टीको झण्डा अनि चिन्हमा चुनाव लड्नु भयो। पार्टीको निर्णय विजेताहरुले मान्नुपर्छ। ग्राम पञ्चायत अनि पञ्चायत समितिको पदको नियुक्ति पार्टीले सल्लाह गरेर गर्नेछ। सेवा अनि सहयाेग जनता माझ पुग्नु पर्छ। जनताको पहिलो दैलो नै तपाईहरु हुनुहुन्छ। त्यो दैलो सधैं खुल्ला रहनु पर्छ।”
आज पार्टीको निर्णय लिँदै सिलगढीमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष अनित थापाले कालेबुङ जिल्ला अन्तर्गतका तीनवटा पञ्चायत समितिहरू क्रमैले कालेबुङ १ पञ्चायत समिति, लाभा पञ्चायत समिति, पेदोङ पञ्चायत समितिका सभापति अनि उप-सभापतिको नामको घोषणा गरेका छन्। गोरुबथान पञ्चायत समितिका पदको नामको घोषणा आगामी 9 अगस्तको दिन गर्ने जानकारी थापाले दिएका छन्। पदको कार्यभार सुम्पन्दै थापाले भने, “जनताले मत दिएर निर्वाचित हुनु भएको छ। जनताको निम्ति आफ्नो घरको ढोका सदैव खुल्ला राख्नुहोस।”
कालेबुङ जिल्लामा जम्मा 4 वटा पञ्चायत समितिहरू छन्। चारवटै पञ्चायत समितिहरूमा भागोप्रमोले बोर्ड गठन गर्नेछ।
आज घोषणा गरिएको नामहरूमा कालेबुङ १ पञ्चायत समितिमा सभापतिमा ममता गुरुङ र उप सभापतिमा उत्तम राई चयन भएका छन्। त्यसरी नै लाभा पञ्चायत समितिमा सभापतिमा साङ्गे छोइम भोटिया र उप-सभापतिमा अशोक लेप्चा चयन भएका छन्। त्यसरी नै पेदोङ पञ्चायत समितिको सभापतिमा पुष्पा सुब्बा, उप-सभापतिमा सुकमित लेप्चा चयन भएका छन्। त्यस्तै प्रकारले गोरुबथान पञ्चायत समितिको लागि आगामी ९ अगस्टको दिन घोषणा हुने जानकारी प्राप्त भएको छ।

About Author

Advertisement