नि:शुल्क कृत्रिम खुट्टा प्रत्यारोपण शिविरको आयोजना

WhatsApp-Image-2023-08-05-at-5.42.24-PM-1024x576.jpeg.jpg

सिलगढी: मारवाडी युवा मञ्च मुस्कान शाखा सिलगढीको पहलमा आज स्थानीय नेशनल मारवाडी फाउण्डेशनद्वारा सञ्चालित राष्ट्रिय विकलाङ्ग केन्द्रमा नि:शुल्क कृत्रिम खुट्टा प्रत्यारोपण शिविरको आयोजना गरियो। यस शिविरमा मोठ २७ जना विकलाङ्गहरूलाई कृत्रिम खुट्टा प्रत्यारोपित गरियो। फाउण्डेशनका शाखा अध्यक्षा हेमलता गोयलले सबै दानदाताहरूप्रति आभार प्रकट गरिन्। आगामी दिनमा पनि शाखाले यस प्रकारको मानवीय सेवामूलक कार्यक्रमको आयोजना गर्ने भन्दै तिनले आवश्यकमन्द मानिसहरूको मुहारमा खुसी ल्याउन शाखाको प्रमुख उद्देश्य रहेको बताइन्। कार्यक्रममा शाखा सचिव प्रियङ्का शर्मा, कोषाध्यक्ष संगीता सिंहल तथा अन्य सदस्यहरू लगायत कार्यक्रम संयोजिका पिङ्की अग्रवालले कर्मठ एवम् सक्रिय भूमिका निर्वाह गरिन्।

About Author

Advertisement