कालेबुङ: कालेबुङको मेलाटारमा जिल्ला कालेबुङ जिल्लाभरिका १७ वटा विद्यालयहरुले आज मार्चपास प्रतियोगिता खूबै रोचक ढंगमा प्रस्तुत गरेका छन्। कालेबुङमा सम्पन्न ७८औं स्वतन्त्रता दिवस समारोहमा कालेबुङका विधायक रुदेन सादा लेप्चाले सलामी ग्रहण गरेका थिए। आयोजक समितिका अध्यक्ष बारुद थापाले अध्यक्षता गरेको कार्यक्रममा अन्तर विद्यालय मार्च पार्स्ट प्रतियोगितामा प्रथम सन्त फिलोमिना, दोस्रो डा. ग्राहम्स होम्स अनि तेस्रो प्रणामी बालिका विद्या मन्दिर बनेको छ। ७८औं स्वतन्त्र दिवस समारोहको अवसरमा तीन विशिष्ट व्यक्तिहरू क्रमैले सिस्टर कृष्यन्त राई (प्राचार्य सन्त फिलोमिना) भारतीय हकी टिमका पूर्व कप्तान भरत छेत्री अनि डा सुबेन्दु दासलाई आयोजक समितिको पक्षबाट सम्मान जनाएको छ।

स्मरण रहोस् देश स्वतन्त्रता भएदेखि यता कालेबुङले भव्यताको साथ स्वतन्त्र दिवस पालन गर्ने गर्दछ। कालेबुङमा मनाईने स्वधीनता दिवस समारोहको छुट्टै गरिमा रहेको छ। यहाँ छिमेकी राष्ट्र नेपाल, भुटान, बाङ्लादेश लगायत छिमेकी राज्य सिक्किमदेखि कालेबुङ आएर यस उत्सवको आनन्द लिने गर्छन्। स्वतन्त्र दिवसको दिनदेखि नै कालेबुङमा दशैको रमझम शुरु हुने गर्दछ भने मानिसहरूले स्वतन्त्रता दिवस समारोहलाई उत्सवको रूपमा पालन गर्ने गर्छन्।









