सिलगढी: कोलकाताको आरजी कार मेडिकल कलेज एण्ड अस्पतालका एक कनिष्ठ डाक्टरको बलात्कार र हत्याको विरोधमा पूरै राज्यमा मात्रै नभई सिलगढीमा पनि व्यापक विरोध भइरहेको छ। यहाँ, भाजपाले आज सिलगढीको पायल सिनेमा मोड नजिक सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेको छ।आरजी कर घटनाको विरोधमा आज डबग्राम-फुलबारी भाजपा विधायक शिखा चटर्जीको नेतृत्वमा भाजपा कार्यकर्ता र समर्थकहरूले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरे। यस क्रममा विधायक शिखा चटर्जीले मुख्यमन्त्री ममता बनर्जीलाई निशाना बनाएर उनको राजीनामा मागेकी थिइन्।









