दार्जिलिङ: केवल विदेशी शक्तिबाट मुक्ति मात्र होइन तर सबैले समानता, न्याय अनि मौका पाउनु नै साँचो अर्थमा स्वतन्त्रता हुने दार्जीलिङ जिल्लाशासक डा प्रीति गोयलले स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्दै बताएकी छन्। जिल्ला प्रशासनद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले जिल्लावासीलाई ७८औं स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरिन् भने यो सिद्धान्त एवं धारणा प्राणको बाजी लगाउने स्वाधीनता सेनानीहरुप्रति श्रद्धाञ्जली अर्पण गरिन्। दार्जिलिङ जिल्ला प्रशासनको आयोजनामा दार्जिलिङको लेबोङ गोर्खा स्टेडियममा ७८औं स्वतन्त्रता दिवस भव्य रुपमा पालन गरिएको छ। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा जीटीएको चेयरम्यान अञ्जुल चौहान उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा दार्जिलिङ जिल्ला शासक डा. प्रीति गोयल, दार्जिलिङ जिल्ला पुलिस अधीक्षक लगायत अन्यहरू उपस्थित रहेका थिए।

यस अवसरमा मुख्य अतिथिको रुपमा उपस्थित जीटीएको चेयरम्यान अञ्जुल चौहानले राष्ट्रिय ध्वज उत्तोलन गरेका थिए। यस समारोहमा विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरूद्वारा सहभागिता जनाइएको थियो।









