कालेबुङमा गोर्खाल्याण्ड राष्ट्रिय मञ्चको प्रतिनिधि टोली र इन्टरलोक्युटर पंकजकुमार सिंहसित बैठक

9883068c-bf22-44c2-a539-df52eecb2471

कालेबुङ: गोर्खा अथवा पीपीएसको बिषयमा केन्द्र सरकारद्वारा गठित चेयरम्यान कमिटीका अध्यक्ष अथवा इन्टरलोक्युटर पङ्कज कुमार सिंहसंगको बुलावामा गोर्खाल्याण्ड राष्ट्रिय मञ्चको प्रतिनिधि टोलीले कालेबुङको एक होटलमा इन्टरलोक्युटर अनि गृह मन्त्रालयका प्रतिनिधिको रूपमा उपस्थित अरबिन्द खरेसँग भेट गरेको छ।

देशको विभिन्न राज्यहरुमा छरिएर बसेका भारतीय गोर्खाहरुको राजनैतिक, आर्थिक तथा सामाजिक सुरक्षा तथा राष्ट्रिय चिन्हारी अनि पहिचानको निम्ति गोर्खाल्याण्डको कुनै विकल्प छैन भन्दै केन्द्र सरकारले दिन चाहेको पीपीएस नै गोर्खाल्याण्ड राज्य हुनपर्छ भन्ने कुरामा जोर दिँदै राष्ट्रिय मञ्चको प्रतिनिधि टोलीले आफ्नो स्पष्ट कुरा राखेको छ। एक घण्टा दश मिनटसम्मको भेटवार्तामा प्रतिनिधि टोलीले राखेको कुरालाई गम्भीरता पूर्वक लिईँदै पङ्कजकुमार सिँह र अरबिन्द खरेले राष्ट्रिय मञ्चले राखेको कुरा केन्द्र सरकारसम्म पुऱ्याउने अनि भारतीय गोर्खाहरुको निम्ति सबैभन्दा राम्रो उपाय के निकाल्न सकिन्छ त्यस विषयमा सोचेर कार्यलाई अघि बढ़ाउने कुरा प्रतिनिधि टोलीलाई बताएका छन्।आजको यस भेटमा गोर्खाल्याण्ड राष्ट्रिय मञ्चका प्रमुख संयोजक लोकनारायण सुब्बा, सह-संयोजक सानु तामाङ अनि किशोर प्रधान, नारी प्रभारी शितल सुब्बा, नागाल्याण्डबाट प्रतिनिधि शिबु सोनार अनि मिडिया प्रभारी जोकमान थापा उपस्थित रहेका थिए।

About Author

Advertisement