स्टेट बैंक अफ् ईण्डियाद्वारा खरसाङको दुईवटा स्कूललाई सौलर प्यानल प्रदान, वृक्ष रोपण साथै ब्यांक सम्बन्धित सचेतना कार्यक्रम

c3d87b91-bda8-4ad6-a92f-9280a846c2b4

खरसाङ: खरसाङ क्षेत्रमा सामाजिक दायित्व पूरा गर्ने‌ क्रममा स्टेट बैंक अफ् ईण्डियाको आयोजनामा खरसाङको डाउहिल स्कूल र भिक्टोरिया बोइस स्कूलमा सोलर प्यानल प्रदान गर्नुको साथै वृक्ष रोपणको कार्य अनि जनसाधारणको सुविधाको लागि ब्यांक सम्बन्धित सचेतना र विभिन्न सरकारी योजनाहरु विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। यस क्रममा डाउहिल स्कूल र भिक्टोरिया बोइस स्कूललाई स्टेट बैंक अफ् ईण्डियाको तर्फबाट पाँच – पाँच लाख रुपियाँ गरेर चेक पनि प्रदान गरिएको छ। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा खरसाङ महकुमा शासक पेमा शेर्पा, स्टेट बैंक अफ् ईण्डिया कोलकाता सर्कलका चिफ् जेनेरल म्यानेजर नटराजन आर, जेनेरल म्यानेजर टिकराम सिंह गहलोत, डेपुटी जेनेरल म्यानेजर प्रशान्तकुमार सिंह लगायत कोलकाता, सिलगढी र खरसाङका अधिकारीहरु उपस्थित रहेका थिए।कार्यक्रममा अतिथिहरुका बाहुलीबाट खरसाङको डाउहिल क्षेत्रमा वृक्ष रोपणको कार्य पनि सम्पन्न गरिएको छ‌। यसको साथै खरसाङको राज राजेश्वरी हलमा ब्यांक सम्बन्धित मेघा क्याम्पको पनि आयोजना गरिएको छ।

उक्त किसिमको कार्यक्रम आरबीआईको निर्देशनमा गत २१ अगस्तदेखि आगामी ३१ डिसम्बरसम्म देशभरि चलिरहेको छ भने यसै अन्तर्गत खरसाङका जनसाधारण र ग्राहकहरुका लागि पनि यो कार्यक्रम आयोजना गरिएको छ। यस कार्यक्रममा ब्यांक सम्बन्धित कामहरु जस्तै – केवाईसी अपडेट, नयाँ एकाउन्ट खोल्नु लगायत प्रधानमन्त्री सुरक्षा बीमा योजना, प्रधानमन्त्री जीवन ज्योति बीमा योजना, अटल पेन्शन योजना जस्ता विषयमा जानकारी गराइएको थियो‌। यसको साथै साईबर ठगी र यसको सुरक्षा विषयमा सचेतना गराइएको थियो। यस कार्यक्रममा खरसाङका विधायक सोनाम लामा, स्टेट बैंक अफ् ईण्डिया कोलकाता सर्कलका चिफ् जेनेरल म्यानेजर नटराजन आर, जेनेरल म्यानेजर टिकराम सिंह गहलोत, डेपुटी जेनेरल म्यानेजर प्रशान्तकुमार सिंह आदिले सम्बोधन गर्दै ब्यांक सम्बन्धित सचेतना गराएका थिए।

ब्यांकका अधिकारीहरुले ब्यांकसित सम्बन्धित धोकाधडी, साईबर ठगी, डिजिटल एरेस्ट जस्ता विषयमा जनसाधारणलाई जानकारी गराउँदै ग्राहकहरुलाई अनावश्यक फोन कलहरु आएमा सुरक्षित रहन र कुनै प्रकारको फोनहरु आएमा अथवा डिजिटल एरेस्ट जस्ता कुराहरु भए फोन काटेर ब्यांक र पुलिसलाई झट्टै जानकारी गराउने विषयमा पनि सचेतना गराएका थिए। यस क्रममा अधिकारीहरुले सबैलाई सतर्क रहन आग्रह गरेका छन्। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै स्टेट बैंक अफ् ईण्डिया सिलगढी शाखाका अधिकारी गौतम रसाइलीले विस्तृत रुपमा जानकारी गराउँदै खरसाङका जनसाधारण र सम्पूर्ण ग्राहकहरुलाई धन्यवाद ज्ञापन गरेका छन्।

About Author

Advertisement