दार्जिलिङ: हिमालयन माउन्टेनियरिङ इन्स्टिच्युटले इन्डियन माउन्टेनियरिङ फाउण्डेशनसँगको सहकार्यमा बुधवारदेखि आगामी ६ नोभेम्बरसम्म ऐतिहासिक “दार्जिलिङ क्लाइम्बिङ कप २०२६” आयोजना गर्न लागेको छ। यस क्षेत्रलाई “भारतको क्लाइम्बिङ क्यापिटल” को रूपमा स्थापित गर्ने स्पष्ट सोचका साथ आयोजना गर्न लागिएको यो ऐतिहासिक कार्यक्रम दार्जिलिङमा आयोजना हुन लागेको पहिलो राष्ट्रिय-र्याङ्किङ स्पोर्ट्स क्लाइम्बिङ प्रतियोगिता हो।
कार्यक्रमका मुख्य आकर्षणहरूमा तीन दिने यस प्रतियोगितामा भारतभरिबाट करिब २०० जना खेलाडीहरूले भाग लिइरहेका छन्।

यसमा अण्डर १३, १५, १७ र सिनियर उमेर समूहका लिड तथा स्पिड क्लाइम्बिङ विधाहरूमा कडा प्रतिस्पर्धा हुनेछ। यसको उद्घाटन समारोहमा पश्चिम बंगाल सरकारका युवा सेवा तथा खेलकूद राज्यमन्त्री डा. इन्द्रनिल खान प्रमुख अतिथिको रूपमा उपस्थित रहनेछन् भने ओलम्पियन, पूर्व भारतीय हक्की कप्तान तथा कालेबुङका विधायक भरत छेत्री विशिष्ट अतिथिको रूपमा उपस्थित रहनेछन्। अन्य विशिष्ट अतिथिहरूमा निशा गुरुङ, शिहान सुशान थापा र निशा राउत जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद व्यक्तित्वहरू समावेश छन्। यस कार्यक्रमले खेलप्रेमीहरू र स्थानीय समुदायलाई एचएमआईको अत्याधुनिक क्लाइम्बिङ वालहरूमा उच्च स्तरको आरोहण प्रतिस्पर्धा प्रत्यक्ष रूपमा अवलोकन गर्ने उत्कृष्ट अवसर प्रदान गर्दछ।





