सोनादा: जीटीएको स्वास्थ्य विभागका कार्यकारी सभासद अरुण सिंग्चीले आज सोनादा प्राथमिक स्वास्थ्य केन्द्रको स्थलगत भ्रमण गरेका छन्। उनीसँगै स्वास्थ्य विभागीय एमओडी सभासद श्याम शेर्पा पनि उपस्थित रहेका थिए। भ्रमण अवधि उनले केन्द्रका डाक्टर, नर्स लगायत कर्मचारीहरुसित केन्द्रको मूल समस्याहरुबारे जानकारी लिए। सोही अवसरमा सभासद सिंग्चीले सोनादा पचेङ समष्टिभरिका ३३ जना आशाकर्मीहरुको समस्या पनि बुझे अनि आवश्यक प्रक्रिया गरिदिने वचन दिएका छन्।

सोनादा पचेङ समष्टि सभासद अनोश थापाको नेतृत्वमा गरिएको भ्रमणको आरम्भमा केन्द्रको मूलद्वारमा आशाकर्मी अनि समष्टि प्रतिनिधि टोलीद्वारा सभासद सिंग्चीलाई स्वागत गरियो। सोनादा स्वास्थ्य केन्द्रको भ्रमणपछि उनले सोही टोली लिएर पचेङ पोखरी लाइनस्थित पचेङ उपस्वास्थ्य केन्द्रको पनि स्थलगत भ्रमण गरेर समस्या विषय जानकारी लिएका थिए।











