गोरुबथान: गोरुबथान खण्ड अन्तर्गत अम्बियोक चियाबारीमा स्थित अम्बियोक प्राथमिक पाठशालाले आज भव्य रुपमा वार्षिक खेलकुद समारोह पालन गर्यो। मुख्य अतिथीको रुपमा ४३ नम्बर समष्टिका सभासद रतन थापा थिए।सभापतिको आसनमा वयोवृद्ध भूतपुर्व शिक्षक गोपाल योन्जन विराजमान थिए।विभिन्न प्राथामिक पाठशालाका प्रधान अध्यापक, सह शिक्षक/शिक्षिका, आदिको उपस्थिति रहेको थियो।बाक्लो संख्यामा अभिभावकहरुको उपस्थित थिए।

विद्यार्थीगणको लागि विभिन्न किसिमका खेलहरु समावेस गरिएको यस कार्यक्रममा पाठशालाको वष २०२३ को क्यालेन्डर पनि लोकार्पण गरे।यस कार्यक्रममा प्रथम द्वितिय र तृतिय स्थान ओगट्न सफल विद्यार्थीहरुलाई अतिथीहरुको बाहुलीबाट पुरस्कार वितरण गरियो।









