एसकेएम युवा मोर्चा नामची जिल्ला प्रभारी हारुन सुब्बाको असमायिक निधनप्रति मुख्यमन्त्रीद्वारा गहिरो शोक व्यक्त

c59b41ff-b21b-4281-9508-2e5138a50707

गान्ताेक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका युवा मोर्चा नामची जिल्ला प्रभारी हारुन सुब्बाको असमायिक निधन भएको छ। नामथाङ-रातेपानी निवासी सुब्बाको निधनप्रति सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले गहिरो दुख तथा शोक व्यक्त गरेका छन्।
​मुख्यमन्त्री गोलेले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै मृतक सुब्बा सच्चा क्रान्तिकारी र समर्पित पार्टी कार्यकर्ता रहेको बताएका छन्। सुब्बाले सधैं निष्ठा र इमानदारीका साथ पार्टी र समाजको सेवा गरेको स्मरण गर्दै उहाँको असमायिक निधनले सुब्बा परिवार, साथीभाइका साथै सम्पूर्ण एसकेएम परिवारलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्।
​मुख्यमन्त्रीले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै यस कठिन घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी ईश्वरसँग प्रार्थना गरेका छन्। साथै, उहाँले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

About Author

Advertisement