एसएफए एस-लीग: सिक्किम पुलिसको एकपक्षीय जित, गान्ताेक हिमालयन ४–० ले पराजित

FB_IMG_1787407835804

गान्ताेक: एसएफए ‘ए’ डिभिजन एस-लीग २०२६ अन्तर्गत शनिबार सम्पन्न ३१औँ खेलमा सिक्किम पुलिस फुटबल टिमले सानदार जित निकालेको छ। एकपक्षीय बनेको खेलमा सिक्किम पुलिसले गान्ताेक हिमालयन एससीलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो।
​दिउँसो १:०० बजे सुरु भएको खेलको १०औँ मिनेटमै सुरज क्षेत्री (जर्सी नं. १८) ले गोल गर्दै सिक्किम पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि आक्रामक बनेको सिक्किम पुलिसका लागि २६औँ मिनेटमा प्रनिल गुरुङ (जर्सी नं. २७) ले दोस्रो गोल गर्दै पहिलो हाफमै टोलीलाई २–० को बलियो स्थितिमा पुर्‍याए।
​दोस्रो हाफमा पनि दबाब बनाएको सिक्किम पुलिसका लागि जोन छिरिङ लेप्चा (जर्सी नं. ७) ले उत्कृष्ट प्रदर्शन गरे। उनले खेलको ७२औँ मिनेटमा टोलीका लागि तेस्रो गोल गरे भने इन्जुरी समयको ९०+२ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिक्किम पुलिसलाई ४–० को फराकिलो जित दिलाए। गान्ताेक हिमालयन एससीले भने खेलभरि कुनै पनि गोल फर्काउन सकेन।

About Author

Advertisement