एनजेपी पुलिसद्वारा चोरीका सामग्री बरामद, एक जना पक्राउ

FB_IMG_1789141994552

​सिलगढी। सिलगढी पुलिस कमिश्नरेटअन्तर्गत एनजेपी थाना पुलिसले चोरीको घटनाको पर्दाफास गर्दै चोरी भएका सामग्रीहरू बरामद गर्नुका साथै एक जनालाई पक्राउ गरेको छ।
​पुलिसका अनुसार, २१ अगस्ट २०२६ मा सिलगढीको शक्तिगढ रोड नम्बर ०३ अगाडि वर्धमान रोडस्थित ‘फ्रेन्ड्स कम्युनिकेसन’ नामक पसलमा राति करिब ०२:०० बजे पावर बैंक, हेडफोन, एयर बड्स र चार्जरहरू चोरी भएको भन्दै एनजेपी थानामा उजुरी दर्ता गरिएको थियो।
​अनुसन्धानका क्रममा सहायक पुलिस निरीक्षक (एएसआई) खगेन बर्मनको नेतृत्वमा रहेको सादा पोसाकको टोलीले प्राप्त गुप्त सूचनाका आधारमा कारबाही गर्दै अभियुक्त मोहम्मद राजीवलाई पक्राउ गरेको हो। पुलिसले उनको कब्जाबाट चोरी भएका सम्पूर्ण सामग्रीहरू बरामद गरेको छ।
​पक्राउ परेका अभियुक्तविरुद्ध कानुनबमोजिम थप कानुनी कारबाही अघि बढाइएको पुलिसले जनाएको छ।

About Author

Advertisement