बागडोगरा पुलिसद्वारा चोरी भएको नयाँ स्कुटी बरामद, एक जना पक्राउ

FB_IMG_1789141106399

​सिलगढी। सिलगढी पुलिस कमिश्नरेटअन्तर्गत बागडोगरा थाना पुलिसले जङ्गली बाबा मन्दिर परिसरबाट चोरी भएको एउटा नयाँ स्कुटी बरामद गर्नुका साथै एक जनालाई पक्राउ गरेको छ।
​पुलिसका अनुसार, १० सेप्टेम्बर २०२६ मा जङ्गली बाबा मन्दिरबाट ब्रान्ड न्यू (नयाँ) स्कुटी चोरी भएको भन्दै बागडोगरा थानामा उजुरी दर्ता भएको थियो। उजुरीका आधारमा अनुसन्धान अधिकारी सब-इन्स्पेक्टर देवब्रत कुण्डुको टोलीले सिसिटिभी फुटेजको सूक्ष्म विश्लेषण गरी अभियुक्तलाई पहिचान गरेको थियो।
​अनुसन्धानका क्रममा प्रहरीले दार्जिलिङ जिल्लाको नक्सलबारी थाना क्षेत्रअन्तर्गत तोतारामजोते निवासी २८ वर्षीय सुजन सिङ्हालाई पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तको बयानका आधारमा चोरी भएको स्कुटी समेत बरामद गरिएको छ।
​घटनाका सम्बन्धमा पुलिसले थप अनुसन्धान अघि बढाएको छ।

About Author

Advertisement