एकल पीठको फसेला रद्द, पार्श्व शिक्षक, शिक्षक नियुक्ति प्रक्रियामा सामेल हुन नसक्ने

IMG-20230410-WA0169-11-300x172-11

कोलकाताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा बुधवार कलकत्ता हाईकोर्टको खण्डपीठले महत्वपूर्ण फसेला सुनाएको छ। कोर्टको न्यायाधीश जस्टिस अभिजीत गांगुलीको एकल पीठको उक्त फसेलालाई रद्द गरेको छ, जसमा प्राथमिक शिक्षकहरूको नियुक्तिमा उच्च प्राथमिकमा काम गर्ने पार्श्व शिक्षकहरूलाई सामेल हुने छूट प्राप्त भएको थियो। न्यायमूर्ति सोमेन सेन र उदय कुमारको खण्डपीठले बुधवार स्पष्ट गरे कि २०२२ को प्राथमिक शिक्षक नियुक्ति परीक्षामा उच्च प्राथमिकको प्यारा टीचर शामेल हुन सक्नेछैनन्।

उल्लेख्य, यसअघि न्यायमूर्ति गांगुलीले प्राथमिक शिक्षक नियुक्तिका सबै शर्तहरू पूरा गर्ने प्यारा टीचर्स पनि यसमा सामेल हुनसक्नेछन् भनी स्पष्ट गरेका थिए।

-हिस

About Author

Advertisement