जादवपुर काण्डः छात्रको मृत्यु अघि अनि पछि भएको थियो विद्यार्थीहरूको जनरल बडी मीटिङ

00-1-JU-4

कोलकाताः जादवपुर विश्वविद्यालयमा बांग्ला विभागको प्रथम वर्षका छात्र स्वप्नदीप कुण्डूको छतबाट झरेर भएको मृत्यु मामिलामा एउटा चकित गर्ने जानकारी अघि आएको छ। जानकारी अनुसार, छात्र छतबाट झर्नुअघि विश्वविद्यालयको होस्टेलमा उपस्थित विद्यार्थीहरूको जनरल बडी मीटिङ भएको थियो। यसैगरी छात्रको मृत्युपछि पनि बैठक भएको थियो। यो मीटिङमा पक्रा पर्ने पूर्व छात्र सौरभ चौधरीसहित तीन छात्र उपस्थित थिए। यो जनरल बडी मीटिङमा सामेल धेरै छात्रहरू बेपत्ता छन्। जनरल बडी मीटिङमा स्वप्नदीप कुण्डू विरूद्ध प्रताडना र कथित रूपमा जबरजस्ती अप्राकृतिक यौन सम्बन्ध विषयमा चर्चा भएको थियो।

यसपछि एक सीनियर छात्र तेस्रो तलामा गएका थिए र स्वप्नदीपको कोठामा गएर उसको काउन्सिलिङको प्रयास गरेका थिए। तर, त्यो काम लागेन र बुधवार राति १२ः३० बजी उनी छतबाट तल झरेका थिए। उसको केपीसी अस्पतालमा उपचारको क्रममा मृत्यु भयो। यसपछि पनि फेरि जनरल बडी मीटिङ भएको थियो। अधिकांश विद्यार्थीहरूले १५ अगस्तमा विश्वविद्यालय परिसर आयोजन हुने फुटबल म्याचलाई लिएर चर्चा भएको बताएका छन्। तर पुलिस अनुसार, यो बहाना मात्र हो। बैठकमा पुलिसलाई के भन्नु पर्ने हो भन्ने विषयमाथि चर्चा भएको थियो। मुख्यमन्त्री ममता ब्यानर्जीले उक्त घटनाको निम्ति विश्वविद्यालयको वामपन्थी छात्र संगठनमाथि आरोप लगाएकी छन्।

About Author

Advertisement