सड़क दुर्घटनामा बाइक चालकको मृत्यु

IMG-20230528-WA0320-5-300x172-11

सिलगढ़ीः सड़क दुर्घटनामा एक बाइक चालकको मृत्यु भएको छ। मृतकको नाम गौतम सरकार (३७) नदियाको कृष्णनगर निवासी बताइएको छ। घटना मंगलवार अबेर राति खोरीबाड़ी हाईस्कूल सामू भएको हो।

जानकारी अनुसार, मृतक गौतम सरकारको ससुराली खोरीबाड़ीको नयाहाट क्षेत्रमा छ। हिजो राति गौतम बाइकमा घोषपुकुरदेखि आफ्नो ससुराली फर्किरहेका थिए। तब घोषपुकुर-खोरीबाड़ी हाइवे संलग्न खोरीबाड़ी हाई स्कूल सामू बाइक दुर्घटनाको शिकार भए। दुर्घटनाको आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगे। यसपछि गम्भीर रूपमा घाइते गौतमलाई खोरीबाड़ी ग्रामीण अस्पताल लगियो। जहाँ प्राथमिक उपचारपछि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल रेफर गरियो। जहाँ उपचार भइरहेको बेला उनको मृत्यु भयो। खोरीबाड़ी थाना पुलिस घटनाको जाँचमा जुटेको छ।

About Author

Advertisement