एउटी छात्रा सिलगढी ईस्टर्न बाइपासको आसिघर मोडमा दुर्घटनामा परेर घाइते

accident.jpg

सिलगढी: आज एउटी छात्रा विद्यालय जानेक्रममा सिलगढी ईस्टर्न बाइपासको आसिघर मोड़मा दुर्घटनामा परेर घाइते भएका छन्। यो घटनाले इलाकामा एकक्षण तनाउको माहौल श्रृजना भयो। जानकारी अनुसार आसिघर मोड़ इलाकामा एउटा लरी घुमाउन लागेको समय सड़कमाथि रहेको केही बिजुलीको तारहरू कम्ती उचाइँमा रहेकोले वाहनको हुकमा तार फँस्दा सडकमा रहेको दुईवटा ट्राफिक सिग्नल ल्याम्पपोस्ट भाँच्चिएर भुइँमा झर्यो। यसको साथै अझै एउटा ल्याम्पपोस्ट ढल्किँदा केही तारहरू चुट्टिएर सडकमा झर्दा उक्त सडक भएर आवत-जावत गरिरहेका एकजना छात्रामाथि तार झरेपछि तिनी घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा तिनलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा पठाएको छ। उक्त घटनालाई लिएर स्थानीय मानिसहरूले क्षोभ प्रकट गरे। घटनाको खबर पाएर आसिघर आउटपोस्ट पुलिस तथा ट्राफिक अधिकारी घटनास्थलमा पुगे।

About Author

Advertisement