९ अगस्तः राष्ट्रिय टीमका कप्तान सुनिल छेत्रीलाई २०२१-२२ सत्रको निम्ति अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-को सालको सर्वश्रेष्ठ पुरुष फूटबलर चयन गरियो। यसरी नै महिला वर्गमा यो सम्मान मनीषा कल्याणलाई प्राप्त भयो। सुनिलले सातौंपल्ट यस पुरस्कारलाई जितेका छन् जबकि मनीषालाई पहिलोपल्ट यस पुरस्कारको निम्ति चयन गरिएको छ। सुनिल र मनीषालाई राष्ट्रिय टीमका उनीहरूका प्रशिक्षक क्रमशः इगोर स्टीमाक र थोमस डेनरबीले विजेता नामित गरे। सक्रिय अन्तर्राष्ट्रिय खेलाड़ीहरूमा तेस्रो सर्वाधिक गोल गर्ने सुनिललाई २००७-मा पहिलोपल्ट यस पुरस्कारको निम्ति चयन गरिएको थियो। त्यसपछि उनले २०११, २०१३, २०१४, २०१७ र २०१८-१९ सीजनमा पनि यस पुरस्कारलाई जितेका थिए। मनीषालाई चाहिँ पहिलोपल्ट सालकी सर्वश्रेष्ठ महिला फूटबलर चयन गरिएको छ। उनले २०२०-२१ सत्रमा सालकी सर्वश्रेष्ठ उदीयमान महिला खेलाड़ीको पुरस्कार जितेकी थिइन्। मनीषाले हालै साइप्रसको शीर्ष डीविजन च्याम्पियन क्लब अपोलोन लेडीज-सँग अनुबन्धमा हस्ताक्षर गरेकी थिइन्।
एआईएफएफ पुरस्कारहरू (२०२१-२२)
वर्षका सर्वश्रेष्ठ महिला फूटबलरः मनीषा कल्याण
वर्षका सर्वश्रेष्ठ पुरुष फूटबलरः सुनिल छेत्री
वर्षका सर्वश्रेष्ठ उदीयमान महिला खेलाड़ीः मार्टिना थोकचोम
वर्षका सर्वश्रेष्ठ उदीयमान पुरुष खेलाड़ीः विक्रम प्रताप सिंह
सालका सर्वश्रेष्ठ रेफरीः क्रिस्टल जन
वर्षका सर्वश्रेष्ठ सहायक रेफरीः उज्जवल हल्दार










