९ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप फूटबल टुर्नामेण्टको १०५औं संस्करणमा मंगलवार रोमाञ्चक जीतको साथ दार्जीलिङ डायनामो सेमिफाइनलमा पुग्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको क्वार्टर फाइनल म्याचमा दार्जीलिङ डायनामोले पूर्व च्याम्पियन रोयल एफसी (सिलगढ़ी)-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट संगम थापा र रोहन तामाङले १-१ गोल गरे। अब बुधवार खेलिने क्वार्टर फाइनलमा युनाइटेड दार्जीलिङ र सिनाल्चु एफसी (नाम्ची)-बीच भिड़न्त हुनेछ।











