जीतको क्रम जारी राख्दै मनजीत फूटबल एकाडमी सेमिफाइनलमा

IMG_20220809_190717.jpg

९ अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघ (एसएनबीएस)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मंगलवार सजिलै जीत हासिल गरी मनजीत फूटबल एकाडमीले सेमिफाइनलमा स्थान बनायो। स्थानीय जोयधर रोय प्राथमिक पाठशाला मैदानमा खेलिएको टुर्नामेण्टको तेस्रो क्वार्टर फाइनल म्याचमा मनजीत एफए-ले कालीझोड़ा युवा परिवारलाई ३-१-ले पराजित गऱ्यो। अब बुधवार खेलिने चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा परिमलनगर एससी र तरुण संघबीच भिड़न्त हुनेछ।

About Author

Advertisement