उथप्पा, कुलकर्णी, म्याक्लेनाघन र टी दीलिप मुम्बई इण्डियन्सको कोचिंग स्टाफमा सामेल

IMG-20261031-WA0053

नयाँ दिल्ली: आईपीएल २०२७ अघि मुम्बई इण्डियन्सले आफ्नो कोचिंग स्टाफमा ठूलो फेरबदल गरेर रबिन उथप्पा, मिचेल म्याक्लेनाघन, टी दिलीप र धवन कुलकर्णीलाई महत्त्वपूर्ण जिम्मेवारीहरू दिएको छ। पाँचपल्टको च्याम्पियन टोलीले २०२६ सीजनमा प्लेअफ्-सम्म पुग्नदेखि चुकेपछि नयाँ शुरुवात गर्ने कोशिश गरेको छ अनि यी चारैजनाले मुख्य प्रशिक्षक कायरन पोलार्डसँग मिलेर काम गर्नेछन्। फ्रेञ्चाइजीले उथप्पालाई ब्याटिंग प्रशिक्षक, म्याक्लेनाघनलाई बलिंग प्रशिक्षक, दिलीपलाई फील्डिंग प्रशिक्षक अनि कुलकर्णीलाई डेवलपमेण्ट बलिंग प्रशिक्षक नियुक्त गरेको छ। चाखलाग्दो कुरा के छ भने यी चारैजना खेलाड़ी पहिला पनि मुम्बई इण्डियन्सको हिस्सा रहिसकेका छन् अनि अहिले नयाँ भूमिकामा फ्रेञ्चाइजीमा फर्किरहेका छन्। मुम्बई इण्डियन्सलै हालै बलिंग प्रशिक्षक लसिथ मलिंगा र पारस म्हाम्ब्रेको साथमा फील्डिंग प्रशिक्षक कार्ल हपकिन्ससँग अलग भएको पुष्टि गरेको थियो। यो फेरबदल माहेला जयवर्धनेलाई मुख्य प्रशिक्षक पदबाट हटाइएपछि भएको हो। माहेलासँग नाता तोड़ेपछि फ्रेञ्चाइजीले पहिला ब्याटिंग प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिरहेका कायरन पोलार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। उथप्पा लगभग २ दशकपछि मुम्बई फ्रेञ्चाइजीमा फर्किएका छन्, जसले २००८-को पहिलो संस्करणमा यस टोलीको प्रतिनिधित्व गरेका थिए अनि १४ वटा म्याचमा ३२० रन बनाएका थिए। त्यसपछि उनले २०२१ र २०२२-मा चेन्नई सुपर किंग्सको निम्ति खेलेका थिए अनि आफ्नो पहिलो सीजनमै टोलीलाई च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। भारतका पूर्व ब्याटरले आफ्नो आईपीएल करियरमा २०५ वटा म्याच खेलेर ४९५२ रन बनाए। उनले कलकत्ता नाइट राइडर्सबाट खेल्दै २०१४-को सीजनमा ६६० रन बनाएर ओरेञ्ज क्याप जितेका थिए। उनी २००७-मा टी२० विश्व कप विजेता भारतीय टोलीका हिस्सा रहेका थिए।
यसरी म्याक्लेनाघन २०१५-देखि २०२९-बीच मुम्बई इण्डियन्समा बलिंग आक्रमणको प्रमुख स्तम्भ रहेका थिए। उनले आईपीएलमा ५६ वटा म्याच खेलेर ७१ विकेट लिएका थिए। न्यूजील्याण्डका यस देब्रे हातका पेस बलरले खेलाड़ीको रूपमा २०१५, २०१७ र २०१९-मा टोलीलाई ३ पल्ट च्याम्पियन बनाउनमा योगदान दिएका थिए। त्यसपछि २०२०-मा च्याम्पियन हुने मुम्बई इण्डियन्स टोलीमा पनि उनी सामेल भएका थिए। यसरी धवन कुलकर्णीले २००८-देखि २०१३ अनि पछिबाट २०२०-देखि २०२१-सम्म दुई अलग-अलग चरणमा मुम्बईको प्रतिनिधित्व गरे। उनले ९२ वटा आईपीएल म्याचमा ८६ विकेट लिए। अब नयाँ भूमिकामा उनीमाथि युवा भारतीय बलरहरूलाई मार्गदर्शन गर्ने जिम्मेवारी रहनेछ। टी दिलीप भारतीय पुरुष टोलीसँग आफ्नो कार्यकाल समाप्त भेपछि मुम्बई इण्डियन्समा सामेल भइरहेका छन् कारण बीसीसीआईले उनको अनुबन्धलाई जारी नराख्ने फसेला गरेको छ। भारतीय टोलीसँग आफ्नो कार्यकालको अवधि उनी २०२४ र २०२६-को टी२० विश्व कप तथा २०२५-को च्याम्पियन्स ट्रफी जितत्ने कोचिंग टीमको हिस्सा रहे। अब उनले मुम्बईको फील्डिंग विभागको जिम्मेवारी सम्हाल्नेछन्।

About Author

Advertisement