अस्ताना (कजाखस्तान): भारतीय महिला पहलवान मनीषा भानवालाले विश्व कुस्ती च्याम्पियनशीपमा ऐतिहासिक स्वर्ण पदक जितेर देशलाई गौरवान्वित गरिन्। यो जीत उनको निम्ति केवल एउटा खेल उपलब्धि नभएर आफ्नो दिवंगत पिताको सपना पूरा गर्ने भावुक कहानी पनि हो। स्वर्ण पदक जितेपछि मनीषाले दर्शकहरू समक्ष एउटा सेतो टी-शर्ट देखाइन्, जसमा उनकी माता-पिताको तस्वीर रहेको थियो। यो उनकी पिता सुरेशलाई समर्पित भावुक श्रद्धाञ्जलि थियो, जो आफ्नो छोरीलाई विश्व च्याम्पियन बनेको गेर्न चाहन्थे। महिलाहरूकी ५९ किग्रा भार वर्गको फाइनलमा २९ वर्षीय मनीषाले अमेरिकाकी अबीगेल एलिजाबेथलाई ८-६-ले पराजित गरी स्वर्ण पदक जितिन्। मनीषाले निम्ति यो जीत खास रह्यो कारण एक समय उनी ०-६-ले पछि रहेकी थिइन् तर पछिबाट असाधारण पुनरागमन गर्दै उनले ८-६-ले ऐतिहासिक जीत हासिल गरिन्। यस जीतको साथ उनी विश्व कुश्ती च्याम्पियनशीपमा स्वर्ण पदक जित्ने भारतकी पहिलो महिला पहलवान बनिन्। यसअघि भारतको निम्ति पुरुष पहलवान सुशील कुमारले २०१०-मा विश्व च्याम्पियनशीप स्वर्ण पदक जितेका थिए। हरियाणाको जीन्दबाट करियरको शुरुवात गर्ने मनीषाको यात्रा सजिलो थिएन। साल २०२२-मा उनकी पिता सुरेशको त्यही दिन निधन भएको थियो, जुन दिन उनले एशियाई च्याम्पियनशीपको निम्ति मंगोलिया प्रस्थान गर्नु थियो। पिताको नजिक भएकी हुनाले मनीषाले आघातलाई सहन गर्न सकिनन् अनि एक समय कुश्ती छोड़ने सोचिसकेकी थिइन्। उनी घर छो़डेर प्रतियोगिताहरूमा जान तयार थिइनन्। मनीषाकी दाजु रिंकूले बताएअनुसार, पिताले पहलवान बनाउन गरेको मेहनत र त्यागलाई यसरी अधुरो छोड़नु नहुने परिवारले मनीषालाई सम्झाएको थियो। परिवारले मनीषालाई जसोतसो मंगोलिया जानको निम्ति राजी गरेको थियो। मनीषाले मंगोलियामा भएको एशियाई च्याम्पियनशीपमा काँस्य पदक जितेकी थिइन्। त्यहीँबाट उनी खेलमा फर्किएकी थिइन्। मनीषा एउटा किसान परिवारबाट आएकी हुन्, जहाँ खेलको माहोल पहिलादेखि नै रहेको थियो। दाजु रिंकू कबड्डी खेलाड़ी हुन् जबकि भाउजु ममता सिहाग पनि पहलवान हुन्। रिंकूले बताएअनुसार, मनीषाले सानैदेखि उनलाई गाउँमा कबड्डी खेलेको हेर्ने गर्थिन्। त्यहीँबाट उनमा खेल प्रति रूची आएको थियो। परिवारले पछिबाट मनीषालाई टीम गेमको बद्ली व्यक्तिगत खेलमा अघि बढ़ाउने फसेला गऱ्यो। शारीरिक मजबूती र मानसिक दृढ़तालाई देखेर परिवारले उनलाई कुश्ती खेलमा सामेल गरेको थियो। मनीषाले आफ्नो कुश्ती करियरमा धेरै चुनौतीहरूको सामना गरिन्। उनले ६२ किग्रा, ६५ किग्रा र ५७ किग्रा भार वर्गमा पनि खेलिन् तर करियरको सबैभन्दा ठूलो उपलब्धि ५९ किग्रा भार वर्गमा आयो। यो गैर-ओलम्पिक भार वर्ग हो। एशियाई च्याम्पियनशीपमा अझ ३ वटा पदक जितेपछि (जसमा गत वर्षको स्वर्ण पनि सामेल छ) मनीषाले यसपाली विश्व च्याम्पियन बनेर आफ्नो करियरलाई अलग उँचाई दिएकी छन्।





