उत्तर बङ्गालका नगर आयुक्तहरूसँग मन्त्री अग्निमित्रा पालको बैठक, महत्त्वपूर्ण योजनाहरूको घोषणा

FB_IMG_1785689653199

सिलगढी: पश्चिम बङ्गलाकी सहरी विकास तथा नगर मामिला मन्त्री अग्निमित्रा पालले उत्तर बङ्गालका विभिन्न नगर निगम तथा नगरपालिकाका आयुक्त र प्रशासकहरूसँग सिलगढीमा एक उच्चस्तरीय बैठक सम्पन्न गरेकी छन्। बैठकमा सहरी विकास, सरसफाइ, पिउने पानीको आपूर्ति, फोहोर व्यवस्थापन तथा ट्राफिक नियन्त्रणजस्ता महत्त्वपूर्ण विषयहरूमाथि गहन छलफल गरियो।
​बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोलले लिइएका मुख्य निर्णयहरू र भावी योजनाहरूबारे जानकारी दिइन्:
​स्मार्ट र पहाडी सहरको विकास: कोचबिहारलाई स्मार्ट सहरका रूपमा विकसित गर्ने पहल सुरु गरिएको छ। यसका साथै सिलगढी, दार्जिलिङ, खर्स्याङ, कालिम्पोङ र मिरिकलाई विशेष पहाडी सहर (हिल सिटी) को रूपमा विकास गरिनेछ।
​आधुनिक बस स्ट्यान्ड: राज्यभरि यात्रुहरूका लागि बस्ने उचित व्यवस्था र पानी भ्यान्डिङ मेसिनहरूसहितका आधुनिक बस स्ट्यान्डहरू निर्माण गरिनेछ।
​प्लास्टिक प्रतिबन्ध र विकल्प: आगामी ०१ सेप्टेम्बरदेखि राज्यभर प्रतिबन्धित प्लास्टिक र प्लास्टिकका झोलाहरूविरुद्ध विशेष अभियान चलाइनेछ। सर्वसाधारणलाई सस्तो मूल्यमा वातावरणमैत्री झोला उपलब्ध गराउन विभिन्न बजारहरूमा ‘ब्याग भ्यान्डिङ मेसिन’ जडान गरिनेछ।
​पिउने पानीको समस्या समाधान: दार्जिलिङको दीर्घकालीन पिउने पानीको समस्या हल गर्न द्रुत गतिमा काम भइरहेको र जुन २०२७ सम्ममा राज्यको कुनै पनि ठाउँमा पिउने पानीको अभाव नरहने दाबी गरिएको छ।
​सडकमा फोहोर फाले कारबाही:
सडकमा फोहोर फाल्ने वा बालुवा-ढुङ्गाजस्ता निर्माण सामग्री अलपत्र छाड्नेहरूमाथि पुलिसमार्फत कडा जरिवाना असुल गरिनेछ।
​पार्कसम्बन्धी नयाँ प्रणाली: सम्पूर्ण पश्चिम बङ्गलामा व्यवस्थित र आधुनिक पार्किङ प्रणाली लागू गर्ने योजना बनाइएको छ।

About Author

Advertisement