ईटानगर: अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूसँग अरुणाचल आर्चरी (धनुर्विद्या) एसोसिएसनको प्रतिनिधिमण्डलले भेटघाट गरेको छ। एसोसिएसनका अध्यक्ष तादार निग्लारको नेतृत्वमा आएको टोलीसँग मुख्यमन्त्रीको भेटवार्ता भएको हो।
भेटका क्रममा मुख्यमन्त्री खाण्डूले अरुणाचलमा धनुर्विद्याका क्षेत्रमा अद्भुत प्रतिभाहरू रहेको उल्लेख गरे। राज्यमा खेलकुदको विकास, युवा खेलाडीहरूलाई प्रोत्साहन तथा राज्यको नाम उच्च राख्ने सबै किसिमका प्रयास र पहलहरूलाई राज्य सरकारले निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता उनले व्यक्त गरे।











