उच्च स्तरीय बैठक गर्न कोलकाता पुगे ईडीका निदेशक

1200-675-20463796-12-20463796-1704772662539.jpg

काेलकाता: पश्चिम बंगालको बहुचर्चित राशन वितरण भ्रष्टाचारको मामिलामा गत शुक्रवार दक्षिण २४ पगरनाको सन्देशखालीमा छापामारी गर्न पुगेका ईडी अधिकारीहरूमाथि हमलापछि केन्द्रिय एजेन्सीका निदेशक कोलकाता पुगेका छन्।

ईडीका एक अधिकारी अनुसार, सोमवार अबेर राति राहुल नवीन कोलकाता आइपुगे। आज, मंगलवार उनको कोलकातामा तैनात शीर्ष अधिकारीहरूसॅंग उच्चस्तरीय बैठक हुनेछ। सन्देशखालीको तृणमूल कांग्रेसका बाहुबली नेता शाहजहॉं शेखको घरमा छापामारी अवधि ईडी अधिकारीहरूमाथि लगभग एक हजारजनाले हमला गरेको घटनापछि राजनीति चर्किएको छ।

ईडी अधिकारीहरूमाथि भएको हमलामा तीन अधिकारी घाइते भएका छन्। एक अधिकारीको टाउको फुटेको छ। यस हमलामा तीन प्राथमिकी दर्ता भएको छ, जसमा एउटा प्राथमिकी ईडी अधिकारीहरू विरूद्ध पनि रहेको छ। तर, ईडीले एफआईआर दर्ता गरिएको भए तापनि पुलिसले सन्देशखाली मामिलामा एफआईआरको कपी नदिएको बताएको छ।

अर्कोतिर, शुक्रवारको घटनापछि सन्देशखालीका तृणमूल नेता शाहजहॉं शेख बेपत्ता रहेका छन्। ईडी अधिकारीहरूको एक वर्ग अनुसार, तृणमूल नेता सम्भवत: बांग्लादेश भागेका छन्। यसको निम्ति आईबी र बीएसएफको मद्दत लिइॅंदैछ।

उल्लेख्य, एक दिनअघि राज्य पुलिसका नयॉं डीजीपी राजीव कुमारले पहिलोपल्ट यस मामिलामा प्रतिक्रिया दिए र उनले कानुन तोड्नेहरू विरूद्ध कडा कारबाही गरिने बताएका छन्।

About Author

Advertisement