खरसाङ: ईभान फाउण्डेसनले यस वर्ष पनि वृक्ष रोपनको कार्यक्रम आयोजना गरेको छ। रामकृष्ण स्कूलकी भूतपूर्व प्रधान अध्यापिका स्वर्गीय शान्ति प्रधानको स्मृतिमा गरिएको वृक्ष रोपन कार्यक्रममा सन्त अल्फन्येय स्कूलका विद्यार्थीहरुले पनि सहभागिता जनाएका थिए। ईभान फाउण्डेसनले आजसम्म २०० भन्दा बढी वृक्ष लगाउन सक्षम भएको जानकारी गराएका छन्। त्यस वर्ष ५० वटा विरूवाहरू हरिदास जंगलमा लगाएका छन्।

उक्त वृक्ष रोपण कार्यक्रम गुरूआमा शान्ति प्रधानको स्मृतिमा मौन धारण गरेर शुरु गरिएको थियो। यसमा अध्यक्ष प्रशान्त शर्माले गुरूआमाले शिक्षाप्रति दिएको योगदान विषय जानकारी दिँदै, पर्यावरण संरक्षण विषयमा जागरूक गराएका थिए। यस अवसरमा ईभान फाउण्डेसनको पक्षबाट सन्त अल्फन्सेस स्कूलका शिक्षिका मिनोरभा पटेल साथै फादर केभिनलाई पनि धन्यवाद दिइएको जानकारी प्रशान्त शर्माले दिएका छन्।










