आसनसोलको रविन्द्र भवनमा शिक्षक दिवस विशेष कार्यक्रम

FB_IMG_1788613694876

कोलकाता: आसनसोलस्थित रविन्द्र भवनमा आयोजित शिक्षक दिवस विशेष समारोहमा सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेको अग्निमित्रा पलले आफनो फेसबुकमा पोष्ट गर्दै भनिन्।
उनले हाम्रो जीवनको यात्रामा शिक्षक–शिक्षिकाहरूको योगदान अतुलनीय छ। उहाँहरूले प्रदान गर्ने ज्ञान, शिक्षा, संस्कार र आदर्शले विद्यार्थीको भविष्य निर्माण गर्नुका साथै सक्षम, जिम्मेवार र असल नागरिक तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भनिन्।
पोष्ट मार्फ़त उनले शिक्षकहरू समाज र राष्ट्र निर्माणका आधारस्तम्भ हुन्। र उहाँहरूको मार्गदर्शन र प्रेरणाले नै आगामी पुस्तालाई सही दिशा प्रदान गर्दै उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरित गर्दछ भनिन।
शिक्षक दिवसको अवसरमा सम्पूर्ण गुरुजन तथा शिक्षक-शिक्षिकाप्रति हार्दिक सम्मान, श्रद्धा एवं शुभकामना व्यक्त गर्दछु सो पोष्टमा उल्लेख गरिन्।

About Author

Advertisement