आतङ्कवादीहरूलाई खोज्न ड्रोन प्रयोग गरिँदैछ

nat-2

कुलगामः कुलगामको हलान पहाड़ी एवं वन क्षेत्रमा लुकेर बसेका तीन-चारजना आतङ्कवादीहरूलाई खोज्नको लागि ड्रोन प्रयोग गरिँदैछ। क्षेत्रमा गए शुक्रवार अबेर राती भएको भिड़न्तमा भारतीय सेनाका तीन जवानले वीरगति प्राप्त गरेका छन्।

यस क्षेत्रमा अहिले पनि भइरहेको भिडन्तको निम्ति भारतीय सेनाको प्यारा स्पेशल फोर्सलाई पठाइएको जानकारी छ। साथै यहाँ लुकेर बसेका आतङ्कवादीहरूको पत्तो लगाउनको लागि ड्रोनलाई प्रयोग गरिएको छ। हलानको यस पार्वतीय एवं वन क्षेत्रमा सुरक्षा बलले गहन खोजी अभियान चलाइरहेको छ।

उल्लेखनीय छ, सुरक्षा बलहरूले तीन-चारजना आतङ्कवादीहरूको समूह यहाँ आएको इनपुट प्राप्त भएपछि सम्पूर्ण क्षेत्रमा संयुक्त अभियान शुरू गरेका थिए।

-हिस

About Author

Advertisement