आगामी ५ वर्षभित्र ५० लाख मानिसहरूलाई स्वस्थ जीवनयापन गर्न सचेत गराउने लक्ष्यमा एमवे इण्डिया

IMG-20241212-WA0190

कोलकाता: आधुनिक जीवनशैलीको बढ्दो मागसँगै जीवनको समग्र गुणस्तरमा सन्तुलन कायम राख्न मानिसहरूको समग्र स्वास्थ्य र खुशीमा ध्यान केन्द्रित गर्न जरुरी छ। यसका लागि, स्वास्थ्य र खुशीको समर्थन गर्ने प्रमुख कम्पनीहरू मध्ये एक एमवे इण्डियाले आगामी ५ वर्षभित्र ५० लाख मानिसहरूको जीवनलाई सुधार गर्ने महत्त्वाकांक्षी लक्ष्य राख्दै “स्वस्थ भारत” निर्माण गर्ने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको एक प्रेस विज्ञप्ति जारी गरेर बताएको छ। कम्पनीले यो लक्ष्य हासिल गर्न भारत सरकारको “स्वस्थ भारत” पहललाई केन्द्रबिन्दु बनाउँदै प्रयासरत रहेको कम्पनीले गरेको छ।

एमवे इण्डियाका प्रबन्ध निर्देशक रजनीश चोपडाले भने, “९० वर्ष पुरानो हाम्रो ब्राण्ड न्यूट्रिलाइटको बलमा र ६५ वर्षभन्दा बढीको वैश्विक परिचालन र उत्कृष्टताको आधारमा एमवे भारतलाई सेवा दिन तयार छ। आज भारतलाई पोषणसहितको स्वास्थ्य र समग्र दृष्टिकोण आवश्यक छ। एमवे इण्डियामा हामी स्वास्थ्यलाई प्राथमिकता दिने दृष्टिकोण अपनाउँदै मानिसहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन र स्वस्थ जीवनशैलीको संस्कृति प्रोत्साहन गर्ने निरन्तर प्रयास गरिरहेका छौं। हाम्रो उद्देश्य मानिसहरूलाई स्वस्थ बानी बसाल्न र आफ्नो स्वास्थ्यलाई सुधार गर्न सशक्त बनाउँदै उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो। भारतका अनुसन्धान तथा विकास प्रयोगशालामा हाम्रो हालसालै गरिएको ४ मिलियन अमेरिकी डलरको लगानीले भारतको बजार र यसको क्षमताप्रति हाम्रो प्रतिबद्धता देखाउँछ।”

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का अनुसार, भारतमा रोगहरूको ५६.४ प्रतिशत भार अस्वस्थ आहारका कारण भएको छ, जसले पोषणबारे राम्रो समझदारीको आवश्यकता स्पष्ट पार्छ। पोषण, स्वास्थ्य, र खुशीको क्षेत्रमा दशकौंको विशेषज्ञताका आधारमा, एमवे मानिसहरूलाई स्वस्थ जीवनयापन गर्न प्रेरित गर्न समर्पित छ। व्यावहारिक पोषणको ज्ञान दिँदै, एमवेले मानिसहरूलाई आफ्नो व्यक्तिगत स्वास्थ्य सुधार गर्न सघाउने आहार विकल्पहरू सोचविचार गरेर छनोट गर्न सक्षम बनाउँदै आएको छ। यसबाहेक, कम्पनी आफ्ना ५.५ लाखभन्दा बढी सक्रिय वितरकहरूलाई अझ सशक्त बनाउने प्रतिबद्धता राख्छ, ताकि उनीहरूले आफ्नो समुदायहरूमा स्वास्थ्य र खुशीको सुधार गर्ने परिवर्तनका संवाहकका रूपमा काम गर्न सकून्। यस सामूहिक प्रयासलाई गति दिन, एमवेले हरेक वर्ष २५,००० भन्दा बढी तालिम कार्यक्रमहरू आयोजना गर्छ। एमवे इण्डियाको दृढ विश्वास छ कि यदि आज मानिसहरूलाई स्वस्थ बानी बसाल्न प्रेरित गर्न सामूहिक प्रयास गरियो भने जीवनको गुणस्तर र जीवनको अवधि दुवै सुधारिने आधार तयार हुनेछ, जसले अन्ततः स्वस्थ राष्ट्र निर्माणको बाटो खोल्नेछ।

About Author

Advertisement